Logo

बुधवार, जेठ ४ गते २०७९

images

कर्णालीका मुख्यमन्त्री शाहीलाई जोगाउन माओवादीको भयंकर चाल , एमालेमा खैलाबैला !

कर्णालीका मुख्यमन्त्री शाहीलाई जोगाउन माओवादीको भयंकर चाल , एमालेमा खैलाबैला !

नेपालपाना चैत्र २१ २०७७
  • 10.9K
    SHARES
  • कर्णालीका मुख्यमन्त्री शाहीलाई जोगाउन माओवादीको भयंकर चाल , एमालेमा खैलाबैला !

    काठमाडौं। अल्पमतमा पर्ने अवस्थामा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जोगाउन माओवादी केन्द्रले कडा चाल चलेको छ ।

    शाहीको नेतृत्वमा शनिबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारको बहुमत नगुमेकाले विश्वासको मत माग्नु नपर्ने निश्कर्ष निकालेको हो ।

    माओवादी केन्द्रले एमालेको नाममा १० जना सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भने पनि एमालेकै तीनजना सांसदहरु मन्त्रीका रुपमा सरकारमै रहेको कुरा निकालेको छ । यसरी एमालेका तीन सांसद मन्त्री नै रहदा सरकारसँग बहुमत रहेको निश्कर्ष निकालेको हो ।

    केपी शर्मा ओली पक्ष मात्र सहभागी एमाले संसदीय दलको ४ चैतको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिएको थियो भने माधवकुमार नेपाल पक्षले समर्थन कायमै रहेको बताएको थियो ।

    कर्णाली प्रदेश सरकारको यो कदमले नेकपा एमाले केन्द्रमा भने कसको समर्थन र कसको समर्थन फिर्ता भन्दै खैलाबैला हुने संकेत देखिएको छ ।

    चैत्र २१, २०७७ शनिवार १९:३८:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend