Logo

बिहिवार, बैशाख ३० गते २०७८

नयाँ सरकार बनाउन हिँडेका उपेन्द्र-बाबुरामको यसरी धोती खुस्काए महन्थ ठाकुरले, रामचन्द्रलाई झपारेर पठाए

नयाँ सरकार बनाउन हिँडेका उपेन्द्र-बाबुरामको यसरी धोती खुस्काए महन्थ ठाकुरले, रामचन्द्रलाई झपारेर पठाए

नेपालपाना चैत्र २३ २०७७
  • 16.2K
    SHARES
  • नयाँ सरकार बनाउन हिँडेका उपेन्द्र-बाबुरामको यसरी धोती खुस्काए महन्थ ठाकुरले, रामचन्द्रलाई झपारेर पठाए

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव, बाबुराम भट्टराई र रामचन्द्र पौडेललाई कडा जवाफ दिएका छन् । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा ठाकुरले नयाँ सरकारको दौडमा लागिरहेका उपेन्द्र-बाबुराम-रामचन्द्रलाई आफ्नो औकात नबिर्सिन चेतावनी दिए । ठाकुरले उपेन्द्र र बाबुरामको काला कर्तुतको पर्दाफास गरेर धोती नै खुस्काइदिए । प्रस्तुत छ ठाकुरसँग प्राइभ टेलिजिभनमा गरिएको कुराकानीको अंश:

    गठबन्धन सरकार बन्दैन?

    ओलीजी निर्वाचित प्रधानमन्त्री र अध्यक्ष हुनुहुन्छ । उहाँको बहुमत प्राप्त सरकार छ । अल्पमतमा परेको छैन । राजीनामा दिन्न, अल्पमतमा परेका दिन राजीनामा दिन्छु भन्नुभएको छ । यदि संविधानको प्रावधान हेर्ने हो भने घुमिफिरी सत्ता ओलीको हातमा जान्छ । उहाँले प्रष्ट गर्नुभएको छ कि नयाँ जनादेश बाहेक अरु केही विकल्प छैन अहिलेको जटिलताको समाधानका लागि । त्यतातिर नगएर गठबन्धनको कुरो भइरहेको छ। कस्तो गठबन्धन? बनेको छैन । 

    तपाई त निर्णायक व्यक्ति हो नी?

    उहाँहरुको लाइन क्लियर भएको छैन । प्रम ओलीको लाइन क्लियर छ । यो भए पछि यो यो गर्छु भन्नुभएको छ । अरुले गठबन्धन सरकार बनाउने भन्छ । सरकारलाई समर्थन दिइरहेको छ माओवादी केन्द्र । शेरबहादुर जी पार्टीको निर्णय अखबारमा देखे । तर विराटनगरमा र हामीलाई सुरुमा पनि भन्नुभएको थियो अविश्वास प्रस्तावको पक्षमा जान्न । तर यदि प्रधानमन्त्रीको अफर आयो भने विचार गर्न सक्छु । अहिले उहाँको मुखबाट नआए पनि पार्टीले निर्णय गरेको छ कि सरकार कांग्रेसको बनाउने । अब कस्को कुन अवस्थामा बनाउने उहाँहरुको विचार होला । 

    माओवादी र जसपाको समर्थनमा कांग्रेसले सरकार बनाउने भन्ने प्रश्नमा महन्थले एउटै पार्टीले कसरी सबै ठाउँमा समर्थन दिन सक्छ र भनी प्रश्न गरे । सरकारको पनि समर्थन गर्ने, शेरबहादुर देउवालाई पनि समर्थन गर्ने कसरी सम्भव छ ?

    रामचन्द्र पौडेलले गठबन्धन बनाउन तपाईलाई मनाउँछु भनेको छ नि भन्ने प्रश्नमा ठाकुरले कांग्रेसको निर्णयपछि रामचन्द्र पौडेलसँग भेटवार्ता र कुराकानी भएको बताउँदै गठबन्धनमा जान प्रस्ताव गरेको बताए। ‘मैले तपाईहरु क्लियर हुनुहुन्न? तपाईको गठबन्धन के को गठबन्धन? भनेर सोधे,’ ठाकुरले भने । 

    त्यसो भए जसपाको कांग्रेससँग सहकार्य हुन सक्दैन?

    राजनीतिमा स्ट्रेन्थ पार्टनर हुन्छ । यो कुरालाई ध्यान दिनुपर्छ । गठबन्धन गर्दा हामी एजेण्डा हेर्छौं । जसले सम्बोधन गर्छ उसैसँग गठबन्धन हुन्छ । एजेण्डा छोडेर गठबन्धनमा जादैनौं । प्रधानमन्त्रीलाई पनि भनिसकेका छौं । बालुवाटारमा अस्ती म उपेन्द्र, राजेन्द्र जी र अशोक राई गएका थियौं । प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वास मत नपाएमा वा अविश्वासको प्रस्ताव पारित भएमा चुनावतर्फ जाने भनेको र आफूहरुलाई सके सरकारमा आउन, नसके बाहिरैबाट समर्थन गर्न र त्यो पनि सकिन्न भने अरुलाई समर्थन नगरिदिन आग्रह गर्नुभयो । 

    प्रतिनिधिसभा विघटन गर्दा विरोध गर्ने तपाईहरु अहिले फेरि ओलीसँगै सहकार्य गर्ने?

    विघटनको हामीले विरोध गर्‍यौ । पुनर्स्थापनाको हाम्रो माग हो । अदालतले पुनर्स्थापना गर्‍यो । हिउँदे अधिवेशन चलिरहेको छ । अब त्यो च्याप्टर क्लोज भयो । बाँकी निर्णय गर्ने काम जनताका प्रतिनिधिको हो । 

    तपाईको पार्टीले शेरबहादुर देउवालाई समर्थन गर्न सक्छ कि सक्दैन सरकार बनाउन? 

    कुन कुराको लागि समर्थन गर्ने? खोइ त शेरबहादुर जी आउनुभएको? अगाडि बढ्नुपर्‍यो नि । त्यसपछि पो समर्थनको कुरा हुन्छ । एकातिर शेरबहादुर सांकेतिक रुपमा अविश्वासको प्रस्तावको पक्षमा जाँदिन भन्नुहुन्छ । यसबाट सरकार हटाउने कुरै रहेन । अर्को म सरकार पनि बनाउँदिन भनेर आफै भनिरहेका छन् । यसमा हामीले के गर्ने? कुन चिजको लागि समर्थन गर्ने? वा कुन चिजका लागि माओवादी केन्द्रलाई समर्थन गर्ने? उहाँ आफै सरकारलाई समर्थन गर्ने र हाम्रो समर्थन खोज्ने? हामीलाई त्यसमा तान्ने? उहाँहरुङ्को व्यक्तिगत झगडा थियो त्यसले गर्दा नै अहिले परिस्थिति जटिलता आएको छ । प्रधानमन्त्री ओली राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको भनाइ भए पनि सबैको भनाइ होइन । जबसम्म हाम्रो मुद्दाको सम्बोधन हुँदैन तबसम्म सरकारमा जाने वा कसैको समर्थन गर्ने काम हुँदैन । अहिले ओलीजीको हातमा सत्ता छ । त्यहाँबाट काम सुरु भएको छ । त्यसकारण हाम्रो मुद्दा सम्बोधन नभइ अरु निर्णय लिने अवस्थामा छैनौं । 

    तर तपाईकै पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता बाबुराम भट्टराई कांग्रेससँग जानुपर्छ, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर?

    उहाँहरुको मैले सुने कि यो देशको सवाल हो । यो पार्टीको सवाल होइन । पार्टीको नभई देशको सवाल हो भने सामान्य जुलुस गर्दाखेरी निहत्था शान्तिपूर्ण आन्दोलन गर्दा गोली चलेको छ । मरेको छ मानिस ।  शहीद भएको छ । अहिले पनि जेलमा गएको छ । उसको कुरा नगर्ने, उसलाई नसोच्ने? आफू चाहि आफ्नो पदका लागि अगाडि बढ्ने, समर्थन खोज्ने? तर जो तकलिफमा छ, यातना सहिरहेको छ त्यसको विषयमा कसले बोल्ने हो? त्यो हाम्रो कर्तव्य हो कि होइन? हाम्रो आह्वानमा आन्दोलन भएको छ । त्यसमा उपेन्द्र जी पनि सामेल हुनुहुन्थ्यो । उहाँको दायित्व छैन? जिम्मेवारी छैन ? देश भनेको के हो ? जनता नभए भने देश रहन्छ? चन्द्रमा पनि देश हो ? भुगोल त त्यहाँ पनि छ । महासागरहरु पनि छ । त्यसलाई कन्ट्री त भन्दैन नि । राष्ट्र भन्ना साथ जनताको कुरा हुन्छ । जनतामाथि अत्याचार भइरहेको छ । अन्याय खेपिरहेका छन् । १० लाख दिएर शहीदको परिवारको समस्या समाधान भयो त? अपाङ्गहरुको समस्याको समाधान भयो ?  

    तर किन बाबुराम भट्टराईले छिटो ओलीलाई हटाउ भनिरहेका छन्? 

    उहाँहरु हतियार उठाएर आएर अहिले पनि मुद्दा खेपिरहेको छ । तर मुद्दाले उहाँको प्रधानमन्त्री बन्नमा त अवरोध गरेन नि । अनि अरुलाई चाहि यो किन लागु नहुने? उहाँहरु हतियार उठाएर हिंसात्मक आन्दोलन गर्नुभयो । अनि गंगामा नुहाइसक्नुभयो उहाँहरु । अहिले पनि भन्नुहुन्छ थुप्रै मुद्दा छ कन्ट्रीको सवाल छ । कन्ट्री भनेको जनता होइन ? कि कन्ट्रीको दोस्रो परिभाषा छ भने बताइदिनुस् । 

    उपेन्द्र यादव र बाबुराम भट्टराईले जसरी पनि ओलीलाई हटाउने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने अभिव्यक्‍ति बारम्बार दिइरहेका छन् । उहाँहरुको प्रतिक्रिया त आइसक्यो नि त?

    हो उहाँहरु विद्धान हुनुहुन्छ । बोल्नुहुन्छ । उहाँलाई कदर गर्छु । तर उहाँले भनेको विचार नै सर्वोच्च हो भने ठिक छ तिनीहरुको विचार गरिदिनुस् । जुटाइदिनुस् न त । तिनीहरुको विषयमा के भन्नुहुन्छ ? त्यो देशको मामिला होइन ? नागरिकता विहिन मानिसहरु अलपत्रमा परेका छन् । यो देशको मामिला होइन ? हाम्रो युवा फोर्स यहाँ टिक्न नसकेर बाहिर रोजगारमा गइरहेको छ त्यो देशको मामिला होइन ? के छ त्यहाँ उनको उनको पासमा गर्नको लागि ? 

    बाबुराम भट्टराईले ओली संघीयता गणतन्त्र विरोधी भएकाले मधेसको मुद्दामा उनसँग सम्झौता हुन सक्दैन भनिरहेका छन् नि ?

    अरु पनि संघ विरोधी भएर प्रधानमन्त्री बन्नुभएको छ । त्यो पनि मलाइ थाहा छ । त्यसबेला उनीहरुले जनताको आन्दोलनबाट आएको हुनाले बाध्यतावशं मानेका हुन् । त्यसैकारण अन्तरिम संविधान आन्दोलनकारी शक्तिद्वार बनाइएको हो । त्यसमा जनताको केही कदर गरिएको छ । तर संविधानसभाले जनआन्दोलनको उल्लंघन गर्‍यो । 

    तपाई ओलीको पक्षमा, उपेन्द्र र बाबुराम शेरबहादुर र प्रचण्डमा किन यस्तो भयो?

    हाम्रो निर्णय भएको छैन । जो जस्को पक्षमा हुन्छ । त्यो अनुसार हुन्छ । म कसैको पक्षमा छैन । म आफ्नो मुद्दाको पक्षमा छु । मेरो मुद्दा जहिलेसम्म सम्बोधन हुँदैन कसैसँग जाने कुरै भएन । प्रधानमन्त्रीसँग माग पुरा गर्ने प्रक्रियामा सहमति भएको छ । काम भएको छैन । काम भएपछि साथ दिने कुरा पछि होला । 

    चैत्र २३, २०७७ सोमवार २०:५३:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महन्थ ठाकुर
  • # ऋषि धमला

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana