Logo

बुधवार, जेठ ४ गते २०७९

images

प्रचण्डलाई ओलीको अर्को काउन्टर, माधव नेपाल पनि पछि हटे, खुमलटारमा रुवाबासी

प्रचण्डलाई ओलीको अर्को काउन्टर, माधव नेपाल पनि पछि हटे, खुमलटारमा रुवाबासी

नेपाल पाना चैत्र २५ २०७७
  • 27.2K
    SHARES
  • प्रचण्डलाई ओलीको अर्को काउन्टर, माधव नेपाल पनि पछि हटे, खुमलटारमा रुवाबासी

    सुर्खेत । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रलाई अर्को धक्का दिएका छन् । यो धक्कासामु माधव नेपाल समूह पनि निरिह बनेको हो ।

    प्रसंग हो कर्णाली प्रदेश सरकारको । जहाँ एमालेभित्रको माधव नेपाल समूहका तीन जना मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन् । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरे ।

    एमाले प्रदेश कमिटीको आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी केन्द्रको सरकारमा सहभागी माधव नेपाल समूहका तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो र राजीनामा दिन निर्देशन दिएको थियो । राजीनामा नदिए कारवाही गर्ने चेतावनी पछि बाध्य भएर माधव समूहका तिनै मन्त्रीले राजीनामा दिए । 
    यसैबिच नयाँ सरकार बनाउन आजै एमाले प्रदेश कमिटी संसदीय बैठक बस्दैछ । बैठकअघि उनीहरुको राजीनामा आएको हो ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका मात्रै २० सांसद छन् । एमाले प्रवेश गरेपछि एक जना धर्मराज रेग्मीलाई माओवादी केन्द्रले पदबाट मुक्त गर्दा प्रदेशमा कुन ३९ सांसद छन् । कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।

    पार्टीको एकल बहुमत पुग्ने भएकाले एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीस्वरुप माओवादी सरकारका मन्त्री फिर्ता बोलाएको हो । एमालेको तयारीसँगै मुख्यमन्त्री शाहीको सरकार ढल्ने निश्चित भएको छ ।

    चैत्र २५, २०७७ बुधवार १०:२३:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend