Logo

बिहिवार, बैशाख ३० गते २०७८

पेटको बोसो घटाउन मन छ ? सहजै मिल्ने यी ५ कुरा खानुहोस् !

पेटको बोसो घटाउन मन छ ? सहजै मिल्ने यी ५ कुरा खानुहोस् !

नेपालपाना चैत्र २७ २०७७
  • 2.5K
    SHARES
  • पेटको बोसो घटाउन मन छ ? सहजै मिल्ने यी ५ कुरा खानुहोस् !

    काठमाडौं। धेरै जसो मानिसहरुको समय व्यस्तताका कारण पेटको बोसो घटाउन नसक्ने अवस्था सिर्जना भएको हुन्छ । तर, यी पाँच सहजै मिल्ने खानेकुराले भने बासो घटाउन मद्दत गर्ने चिकित्सकहरु बताउँछन् ।

    यस्ता छन् पाँच खानेकुरा जसले बोसो घटाउन मद्दत गर्छन् :

    ग्रिन टी- पेटको बोसो घटाउन विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ । त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ। 

    काँक्रो- बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खाँदा पेटका लागि धेरै लाभदायी मानिन्छ । यसले पेटको बासो कम गर्न पनि मद्दत गर्छ ।

    धनियाँको जुस- धनियाँको जुसले किड्नी ठिक राख्न समेत मद्दत गर्छ । त्यस्तै यसले पेटको बासो घटाउन समेत मद्दत गर्छ ।

    एलोभेरा जुस- एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ भने कोलेस्ट्रोलको समस्या पनि हटाउँछ ।

    अदुवाको रस- प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ।

    यीलगायत व्यायाम र दैनिक स्वस्थ खानपानले स्वस्थ रहन मद्दत गर्छ । त्यसकारण स्वस्थ खाना र व्यायाम जरुरी छ ।

    चैत्र २७, २०७७ शुक्रवार २०:५८:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana