Logo

बिहिवार, बैशाख ३० गते २०७८

सुवास नेम्वाङले दिए वर्तमान सरकार सफल भएका उदाहरण !

सुवास नेम्वाङले दिए वर्तमान सरकार सफल भएका उदाहरण !

नेपालपाना चैत्र २७ २०७७
  • 2.7K
    SHARES
  • सुवास नेम्वाङले दिए वर्तमान सरकार सफल भएका उदाहरण !

    काठमाडौं। नेकपा (एमाले)को संसदीय दलका  उपनेता सुवास नेम्वाङले  जनता र देशलाई स्वतन्त्र गराउन शहीद रत्नकुमार वान्तवाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । 

    एमाले इलामले आज आयोजना गरेको वान्तवाको स्मृतिसभालाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शहीद वान्तवाको राजनीतिक जीवनको चर्चा गरे ।

    नेम्वाङले देशका शहीदहरुले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपाल र नेपालीको भविष्यका लागि उपहार भएको बताए । 

    वर्तमान सरकार असफल भएको भन्ने हल्ला गर्नेलाई पछिल्लो समय शिलान्यास गरिएका विकासका आयोजना र निर्माण भइरहेका योजना गतिलो जवाफ भएको नेम्वाङले बताए । 

    “दैनिक सयौं योजना शुरु भएका छन् । प्रधानमन्त्रीले एकै ठाउँबाट विभिन्न आयोजना शिलान्याश गरिरहनु भएको छ” एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता नेम्वाङले भने। 

    उनले भारतले नाकाबन्दी गर्दा पनि दक्षिणी सिमानाका उब्जिएको सहज परिस्थिति भन्नेलाई उत्तरका नाका खोलेर नाकाबन्दी नहुने अवस्था सिर्जना गर्दा पनि ओली सरकारले केही गरेन र गर्न सक्दैन भन्नु हास्यास्पद रहेको बताए ।

    चैत्र २७, २०७७ शुक्रवार २१:०५:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana