Logo

बिहिवार, बैशाख ३० गते २०७८

केपीको कारवाहीपछि भीम रावलले सुदूरपश्चिममा ल्याए भूकम्प, ओलीका खास मान्छे पद खोसियो !

केपीको कारवाहीपछि भीम रावलले सुदूरपश्चिममा ल्याए भूकम्प, ओलीका खास मान्छे पद खोसियो !

Nepal Pana चैत्र २९ २०७७
  • 6.2K
    SHARES
  • केपीको कारवाहीपछि भीम रावलले सुदूरपश्चिममा ल्याए भूकम्प, ओलीका खास मान्छे पद खोसियो !

    धनगढी । नेपाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सह संयोजक कर्ण थापालाई कारवाही गरेको छ । थापा सुदूरपश्चिममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीका विश्वासपात्र हुन् ।

    प्रदेशका प्रमुख नेता हुन् । कमिटीका संयोजक एवं केन्द्रीय उपाध्य्क्ष डा भीम रावलको अध्यक्षतामा बसेको प्रदेश कमिटी बैठकले थापालाई नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउने र साथै साधारण सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफारिस गरेको हो ।

    थापामाथि पार्टीको विधान, नियमावली, पद्धती र मान्यताको उल्लंघन गरी पार्टी विभाजनजस्तो घातक कार्यमा संलग्न रहनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई बिसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेको आरोप लगाइएको छ ।

    बैठकले पार्टीको विधानविपरित अनाधिकृत रुपमा आफूलाई सुदूरपश्चिम प्रदेश कमिटी सचिव भन्दै पार्टी सदस्यहरुलाई धाक धम्की दिएको भन्दै पार्टीका कञ्चनपुर जिल्ला सदस्य राजेन्द्र रावललाई त्यस्तो नगर्न सचेत गराएको छ । त्यस्तो अवैध र अराजक काम कुराबाट भ्रमित नहुन र प्रतिवाद गर्न पार्टीपंक्तिलाई निर्देशन समेत दिइएको प्रदेश कमिटीले जनाएको छ ।

    संयोजक रावलको उपस्थितिमा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी विरोधी गतिविधिमा लागेका जिल्ला पदाधिकारी र सदस्यलाई अनुशासनको कारवाही गर्ने निर्णय भएको पनि जानकारी गराइयो ।

    केन्द्रमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेका बेला रावलले सुपमा भूकम्प ल्याउनेगरी ओलीका प्रमुख नेताको पद खोस्ने निर्णय गरेका हुन् ।

    चैत्र २९, २०७७ आइतवार १४:२५:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana