Logo

बिहिवार, बैशाख ३० गते २०७८

प्रचण्डको जिब्रो अनियन्त्रित, नबोल्नु बोलेपछि प्रधानमन्त्री ओलीकाे 'किक' लाग्ने संकेत !

प्रचण्डको जिब्रो अनियन्त्रित, नबोल्नु बोलेपछि प्रधानमन्त्री ओलीकाे 'किक' लाग्ने संकेत !

नेपालपाना चैत्र २९ २०७७
  • 2.7K
    SHARES
  • प्रचण्डको जिब्रो अनियन्त्रित, नबोल्नु बोलेपछि प्रधानमन्त्री ओलीकाे 'किक' लाग्ने संकेत !

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लामो समयदेखि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध रुस्ट रहिआएका छन् ।

    रूस्टताकै क्रममा दुवै नेताहरुबीच कडा शब्द प्रहार हुने गरेकाे भए पनि यस पटक प्रचण्डले भने अनियन्त्रित शब्द नै प्रहार गरेका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई 'नकचरो भएर कुर्सीमा बसिरहेको' अभिव्यक्ती दिएका हुन् । 

    आइतबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले सञ्चारकरर्मीसँग बोल्दै भनेका थिए, ‘यसअघि हामीले तीन पटक प्रधानमन्त्रीलाई हटायौँ तर बिडम्बना भन्नुपर्छ अहिले पनि नकचरो भएर केपी प्रधानमन्त्रीको कुर्सीमा बसिरहेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘अब हामी चौथोपटक केही दिनभित्रै उहाँलाई हटाउँदैछौँ।’

    ओली सरकारलाई नै समर्थन दिएका प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने भनेर भाषण दिएका हुन् । अध्यक्ष दाहालले ओलीलाई यसअधि तीन पटक प्रधानमन्त्रीबाट हटाएको र अब चौथोपटक हटाउने भनेका हुन् ।

    चैत्र २९, २०७७ आइतवार १९:४२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana