Logo

बिहिवार, बैशाख ३० गते २०७८

नयाँ सरकार बनाउन कस्सिएका रामचन्द्र पौडेल र गगन थापालाई विमलेन्द्र निधिको ठाडो चुनौती

नयाँ सरकार बनाउन कस्सिएका रामचन्द्र पौडेल र गगन थापालाई विमलेन्द्र निधिको ठाडो चुनौती

Nepal Pana चैत्र ३० २०७७
  • 28.7K
    SHARES
  • नयाँ सरकार बनाउन कस्सिएका रामचन्द्र पौडेल र गगन थापालाई विमलेन्द्र निधिको ठाडो चुनौती

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनता समाजवादी पार्टीका सांसदलाई सभापति शेरबहादुर देउवाको पक्षमा तानेर देखाउन आफ्ना पार्टीका नेताहरुलाई चुनौती दिएका छन् ।

    पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवाको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहसँग हात मिलाएका बेला निधिले जसपाको सिंगो पार्टी पंक्ति र सांसदलाई शेरबहादुरको पक्षमा उभ्याएर देखाउन चुनौती दिएका हुन् ।

    जसपाको महन्थ ठाकुर नेतृत्वको बहुमत संख्या प्रधानमन्त्री केपी शर्मा ओलीतिर ढल्किएका बेला निधिले पौडेल र गगन थापाहरुलाई जसपाको सिंगो नेतृत्वलाई देउवाको पक्षमा उभ्याउन चुनौती दिएका हुन् ।

    'यो ३२ जना जुन छ नि जसपा । त्यसलाई कसरी शेरबहादुरतिर तान्नु हुन्छ रामचन्द्र जी, गगनजी बहादुर नेताहरु । तान्नुस् न । गफ गरेर हुँदैन हेर्नुस् है,' निधिले भने ।

    कांग्रेस सभापति देउवा पनि नयाँ सरकार भन्दा मध्यावधि चुनावमा जाँदा पार्टीको हित हुने भनेर चुपचाप छन् । तर पौडेल समूह चजे देउवा र पार्टी सिध्याउन धोकेवाज माओवादी केन्द्रसँग मिलेर नयाँ सरकारको रटान लगाइरहेका छन् ।

    चैत्र ३०, २०७७ सोमवार ०९:२१:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana