Logo

बिहिवार, बैशाख ३० गते २०७८

चिनियाँ 'सोसल मिडिया क्रेडिट सिस्टम' ले अभिव्यक्तिमा पूर्ण नियन्त्रण

चिनियाँ 'सोसल मिडिया क्रेडिट सिस्टम' ले अभिव्यक्तिमा पूर्ण नियन्त्रण

Nepal Pana चैत्र ३० २०७७
  • 1.6K
    SHARES
  • चिनियाँ 'सोसल मिडिया क्रेडिट सिस्टम' ले अभिव्यक्तिमा पूर्ण नियन्त्रण

    बेइजिङ । सन् २०१४ मा चिनियाँ राज्य काउन्सिलर 'सामाजिक सञ्‍जाल क्रडिट प्रणाली दिशानिर्देश' प्रणाली जारी गर्‍यो । सन् २०२० सम्म आधारभूत सामाजिक सञ्‍जाल प्रणाली स्थापना गर्ने लक्ष्यलाई रूपरेखा बनाइएको थियो । 

    २०२० सकिँदा सम्म चिनियाँ सामाजिक सञ्‍जाल प्रणालीमा चीन सरकारले अंकुश लगाउने क्रमलाई निकै तीव्रता दिएको पश्चिमी पर्यवेक्षकहरुले जनाएका छन् । केही प्रभावशाली आवाजहरुले 'सन् २०२० सम्ममा चीनका शासकहरूले ओर्वेलियन प्रणाली कार्यान्वयन गर्ने लक्ष्य राखेका थिए, जुन मानव जीवनको हरेक पक्षलाई नियन्त्रणमा राखेको' भन्दै चेतावनी दिए । 

    तर, पछिल्लो समय कोरोना महामारीको फैलावटका विषयमा विभिन्‍न धारणाहरु सार्वजनिक भएसँगै सामाजिक सञ्‍जालमा लगाइएको नियन्त्रण अकल्पनीय रहेको छ । वास्तवमा, सन् २०२० मा सबैभन्दा बढी अंकुश लगाइएको पाइएको हो । 

    यद्यपि २०१४ सम्म विश्लेषकहरूले समग्र विस्तृत र स्वचालित प्रणाली सम्भव नहुने संकेत गरेका थिए । चिनियाँ सामाजिक प्रणाली अझै पनि महत्वाकांक्षी राष्ट्रिय स्तरका लक्ष्य र मार्गदर्शनको क्षेत्रीय पायलट प्रोग्रामहरु गर्ने योजना बनाएको थियो । 

    एकत्रित संयन्त्रहरूको विच्छेदित मिश्रण रहेको छ । यद्यपि त्यहाँ धेरै जानकारी संकलन भइरहेको छ, आधिकारिक कागजातहरूले बारम्बार "सूचना, जानकारी संकलन प्रक्रियालाई मापदण्डिकरण" र "साझेदारी जानकारी" को आवश्यकता उल्लेख गर्ने आँकलन गरिएको थियो । 

    वास्तविकता निकै फरक रहेको पाइएको छ । हङकङ, तिब्बत, सिन्जियाङलगायतका क्षेत्रहरुमा मानवअधिकार उल्लंघन भएको र कोरोना महामारी फैलाएको आरोप लागिरहेको चीनले सामाजिक सञ्‍जाल प्रणालीमा व्यापक अंकुश लगाइएको हो । 

    चैत्र ३०, २०७७ सोमवार १४:०८:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana