Logo

बिहिवार, बैशाख ३० गते २०७८

चीनबाट आएको खोपमा देखियो यस्तो समस्या, चीनकै स्वास्थ्य अधिकारीले स्वीकारे गल्ती

चीनबाट आएको खोपमा देखियो यस्तो समस्या, चीनकै स्वास्थ्य अधिकारीले स्वीकारे गल्ती

नेपालपाना चैत्र ३० २०७७
  • 4.2K
    SHARES
  • चीनबाट आएको खोपमा देखियो यस्तो समस्या, चीनकै स्वास्थ्य अधिकारीले स्वीकारे गल्ती

    एजेन्सी । चीनको बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रभावकारी नभएको खुलेको छ । चीनकै स्वास्थ्य अधिकारीले खोपको प्रभावकारितामाथि प्रश्न उठाएका हुन् । 

    चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूलेले छेन्दुमा आयोजित एक कार्यक्रममा खोप प्रभावकारिता कम भएको बताए। साथै अन्य खोपसँग मिलाएर प्रभावकारिता बढाउने योजना पनि सुनाए । 

    चीनले हालसम्म विश्वमा लाखौ डोज खोप निर्यात गरिसकेको छ । नेपालमा पनि ८ लाखभन्दा बढी डोज आइसकेको छ । 

    ‘प्रतिरक्षा प्रणाली बलियो पार्ने प्रक्रियामा हामीले फरक प्रविधिबाट बनेका फरक खोप पनि प्रयोग गर्ने कि भन्नेबारे अहिले औपचारिक रूपमा विचार गर्दैछौं,’ निर्देशक फूले भने ।

    ब्राजिलमा गरिएको एक अनुसन्धानमा चिनियाँ कम्पनी सिनोभ्याकले तयार पारेको कोरोना खोपको प्रभावकारिता ५०.४ प्रतिशतमात्रै देखिएको छ । यता, बायोटेकले बनाएको फाइजर खोपको प्रभावकारिता भने ७९ प्रतिशत देखिएको थियो ।

    चीनमा चार वटा कम्पनीहरूले कोरोनाभाइरसविरूद्धका खोप बनाएका छन् । स्वदेशमा उत्पादित खोप अहिलेसम्म १६ करोड बढी चिनियाँहरूले लगाइसकेका छन् ।

    चैत्र ३०, २०७७ सोमवार १६:३४:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana