Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

माओवादीलाई ओलीको अर्को धक्का, प्रचण्डको पछि लाग्दा कांग्रेसले पनि लोप्पा खायो

माओवादीलाई ओलीको अर्को धक्का, प्रचण्डको पछि लाग्दा कांग्रेसले पनि लोप्पा खायो

नेपाल पाना बैशाख ३ २०७८
  • 11.8K
    SHARES
  • माओवादीलाई ओलीको अर्को धक्का, प्रचण्डको पछि लाग्दा कांग्रेसले पनि लोप्पा खायो

    काठमाडौं । केपी शर्मा ओलीको केन्द्र सरकारलाई ढाल्न असफल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेशमा पनि असफल भएका छन् ।

    गण्डकीमा माओवादीको प्रयासलाई ओली समूहले असफल पारिदिएको छ । माओवादीको पछाडि लागेको कांग्रेसले पनि लोप्पा खाएको छ । 

    गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणको कसरत भइरहेका बेला प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको हो ।

    गण्डकी प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु अधिवेशन वैशाख १ गतेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् । 

    गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकै बेला प्रदेशसभा अन्त्य गरिएको हो । यससँगै माओवादीको प्रयास असफल भएको छ भने कांग्रेस पनि वाल्ल परेको छ ।

    बैशाख ३, २०७८ शुक्रवार ०७:३९:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana