काठमाडौं । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन माधव नेपाल समूहले १२ करोड लिएको खुलेको छ ।
शुक्रवार भएको प्रदेशसभा मतदानमा माधव नेपाल समूहका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले फ्लोर क्रस गरेका थिए ।
मुख्यमन्त्री शाहीको ढलिसकेको सरकार जोगाउन चारै जना सांसदले ३/३ करोडका दरले १२ करोड रुपैयाँ मुख्यमन्त्री शाहीनिकट माओवादीका एक उच्च नेताले बताए ।
नयाँ सत्ता समीकरणको कसरत भइरहँदा संघमा मात्र नभई प्रदेशमा पनि सांसद किनबेच तथा आर्थिक चलखेल हुन थालेको छ ।