Logo

बुधवार, जेठ ४ गते २०७९

images

कर्णालीमा फ्लोर क्रस गर्ने माधव समूहका सांसदलाई ओलीले दिए कडा दण्ड

कर्णालीमा फ्लोर क्रस गर्ने माधव समूहका सांसदलाई ओलीले दिए कडा दण्ड

नेपालपाना बैशाख १० २०७८
  • 8.7K
    SHARES
  • कर्णालीमा फ्लोर क्रस गर्ने माधव समूहका सांसदलाई ओलीले दिए कडा दण्ड

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कर्णालीमा फ्लोर क्रस गर्ने माधव नेपाल समूहका सांसदलाई कडा दण्ड दिएका छन् । बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटी बैठकले फ्लोर क्रस गर्ने चार सांसदलाई साधारण सदस्य र प्रदेशसभा सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो । 

    वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रस्तावका पक्षमा प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर भोट हालेका थिए । 

    फ्लोर क्रस गर्ने एमालेका सबै सांसद माधवकुमार नेपाल समूहका हुन् । मुख्यमन्त्री शाहीले माओवादी केन्द्रको १२, नेपाली कांग्रेसको ६ र एमालेको चार मत गरी २२ मत पाएका थिए । उनको विपक्षमा १५ मत खसेको थियो । एमालेका चार सांसदले फ्लोर क्रस गरेकै कारण मुख्यमन्त्री शाहीको पद जोगिएको हो ।

    बैशाख १०, २०७८ शुक्रवार १७:१८:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # कर्णाली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend