Logo

बिहिवार, बैशाख ३० गते २०७८

माधव नेपाल समूहमाथि अर्को एक्सन लिने ओलीले

माधव नेपाल समूहमाथि अर्को एक्सन लिने ओलीले

नेपालपाना बैशाख १० २०७८
  • 2.5K
    SHARES
  • माधव नेपाल समूहमाथि अर्को एक्सन लिने ओलीले

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको माधव नेपाल समूहमाथि अर्को एक्सन लिएका छन् । समानान्तर गतिविधि चलाएर पार्टीलाई फुटको दिशातर्फ अग्रसर गराइरहेका नेता नेपालको समूहमाथि अध्यक्ष ओलीले कारवाहीको डण्डा चलाएका हुन् । 

    बालुवाटारमा महाधिवेशन आयोजक कमिटी बैठक राखेर ओलीले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित ९ औं महाधिवेशनबाट निर्वाचित उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्ठलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराईलाई स्थायी कमिटी सदस्यबाट हटाएका छन् ।

    त्यसैगरी मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेलाई पनि कमिटीबाट हटाएका छन्। यसअघि ओलीले वरिष्ठ नेता नेपालसहित रावल, भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बित गरिसकेका छन् ।

    यसैबिच ओलीले माधव समूहका सांसदलाई पदबाट हटाउने निर्णयको तयारी पनि गरेका छन् । सांसदबाट किन नहटाउने भन्दै ओलीले २७ सांसदलाई स्पष्टीकरणसमेत सोधिसकेका छन् ।

    बैशाख १०, २०७८ शुक्रवार १७:३७:३३ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana