Logo

बुधवार, कार्तिक ३ गते २०७८

images

अन्तत गण्डकी प्रदेशमा भयो एमालेको जित, फ्लोर क्रसको डरमा सांसद थुनेर राखे पनि केही फरक नपर्ने

अन्तत गण्डकी प्रदेशमा भयो एमालेको जित, फ्लोर क्रसको डरमा सांसद थुनेर राखे पनि केही फरक नपर्ने

नेपालपाना बैशाख १४ २०७८
  • 49.9K
    SHARES
  • अन्तत गण्डकी प्रदेशमा भयो एमालेको जित, फ्लोर क्रसको डरमा सांसद थुनेर राखे पनि केही फरक नपर्ने

    काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव ल्याएको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले होटलमा सांसद थुनेर राखेको खुलेको छ । कुटी रिसोर्टमा आफ्ना सांसद थुनेका बेला मंगलवार प्रदेशसभामा नेकपा एमालेको जित भएको छ ।  

    मंगलवार अविश्वासको प्रस्तावमा छलफल कार्यक्रमका लागि प्रदेशसभा सुरु हुनेवितिकै एमालेले सबै सांसदको पीसीआर परीक्षणको माग गर्यो। नेकपा (एमाले) ससदिय दलको तर्फबाट सांसद राजीव पहारीले सबै माननियहरुको पीसीआर परीक्षण गरिसकेपछि मात्रै सदन चलाउनु पर्छ भनेर राखिएको माग पूरा भएको छ । अहिले प्रदेश सभामा स्वाब संकलन कार्य शुरु भएको छ ।

    ‘आखिरिमा सहि बिषयबस्तु उठ्यान गरि सके पछि जतिसुकै बहानाबाजी र नौटंकी गरे पनि त्यसलाई स्विकार नगरि धरै हुँदैन। हाम्रो उद्देश्य सदन निर्बिबाद रुपमा सचालन होस् भन्ने नै हो,’ पहारीले भनेका छन्। 

    उनका अनुसार अविश्वासको प्रस्ताव फेल हुने निश्चित भइसकेको छ । जनमोर्चाका सांसदले गोप्य रुपमा प्रस्तावको विपक्षमा मतदान गर्ने सहमति जनाएका छन् । फ्लोर क्रसको डरमा होटलमा सांसद थुनेर राखे पनि केही फरक नपर्ने पहारी बताउँछन् ।

    बैशाख १४, २०७८ मंगलवार १७:५०:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana