सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा एमालेको अवरुद्धपछि संसद बैठक स्थगित भएको छ । नेकपा एमालेले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार गम्भिर नबनेको भन्दै संसद अवरुद्ध गरेपछि अर्को सूचना नभएसम्मका लागि संसद स्थगित भएको हो ।
सातौं अधिवेशनको चौँथो बैठकमा सभामुख राजबहादुर शाहीले संसद बैठकको कारवाही प्रारम्भ नगर्दै नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहले जनतालाई परेको पिर, मर्कामा सरकार र जनप्रतिनिधि गम्भिर हुनुपर्ने बताउँदै संसदको कारवाही अगाडि नबढाउन सभामुखलाई आग्रह गर्दै एमालेका सांसद सवै उठेर संसद अवरुद्ध गरेका हुन् ।
करिब साढे नौ मिनेट सञ्चालन भएको संसद बैठकलाई सभामुख शाहीले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरे । कारोना भाइरस संक्रमणले जनता आक्रान्त बनेको उल्लेख गर्दै नेकपा एमालेको प्रमुख सचेत गुलावजंग शाहले संसदको कुनै पनि कारवाही अघि बढाउन नहुने भन्दै संसद अवरुद्ध गरेका हुन् ।