Logo

बिहिवार, बैशाख ३० गते २०७८

अत्यावश्यक बाहेक बाहिर हिडे खतरा, ८ हजारलाई प्रहरीले गर्याे कारबाही

अत्यावश्यक बाहेक बाहिर हिडे खतरा, ८ हजारलाई प्रहरीले गर्याे कारबाही

नेपालपाना बैशाख १७ २०७८
  • 1.3K
    SHARES
  • अत्यावश्यक बाहेक बाहिर हिडे खतरा, ८ हजारलाई प्रहरीले गर्याे कारबाही

    काठमाडौं। नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ ।  उनीहरुलाई उल्लङ्घनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ । 

    नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका  अनुसार पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १६ हजार ६६४ जनालाई निःशुल्क वितरण गरिएको र  नलगाई हिँडडुल गर्ने ४५ हजार ७७७ जनालाई होल्डिङ जोनमा राखी सम्झाएर छाडिएको छ । 

    कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रहीले कारवाही अभियानसँगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । मानिसले सरकारी आदेशको उल्लङ्घन गरी जथाभावी रुपमा हिँडडुल गरेपछि सचेतनामूलक कार्यक्रम गरी सुझाव दिने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

    प्रहरीले ठाउँठाउँमा प्ले कार्डसमेत प्रदर्शन गरेको तथा बटुवालाई भेटेरै मास्क लगाउन, सावधानी अपनाउन तथा अत्यावश्यक काम नपरी बाहिर ननिस्किने शर्तमा घर पठाउने गरिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ५१८  सचेतनामूलक कार्यक्रम सम्पन्न भएको र तिनमा ६८ हजार ५६७ जना सहभागी भएका छन् ।

    बैशाख १७, २०७८ शुक्रवार २०:५९:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana