Logo

बिहिवार, बैशाख ३० गते २०७८

'जसपा संसदीय दलको नेता महन्थ ठाकुर बन्ने टुंगो, उपेन्द्र र बाबुरामको पत्तासाफ'

'जसपा संसदीय दलको नेता महन्थ ठाकुर बन्ने टुंगो, उपेन्द्र र बाबुरामको पत्तासाफ'

नेपालपाना बैशाख २० २०७८
  • 4.0K
    SHARES
  • 'जसपा संसदीय दलको नेता महन्थ ठाकुर बन्ने टुंगो, उपेन्द्र र बाबुरामको पत्तासाफ'

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा महन्थ ठाकुर चुनिने लभगभ निश्चित भएको छ । भोलि (मंगलबार) जसपाले संसदीय दलको नेता छान्ने भएको छ ।

    उच्च स्रोतका अनुसार अध्यक्ष ठाकुरलाई बहुमत सदस्यले साथ दिने भएपछि उनी संसदीय दलको नेता चयन हुने लभभग टुंगो लागेको हो। 

    उनलाई उपेन्द्र यादव पक्षका चार जना सांसदले पनि साथ दिने भएको बताइएको छ ।

    खासमा हाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि विस्थापन गर्ने भन्नेबारे जसपामा दुई धार देखिएको छ । 

    जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओलीलाई साथ दिने पक्षमा छन् भने,  अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री ओलीलाई साथ नदिने पक्षमा छन् ।

    प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेको अवस्थामा जसपाले ठाकुरलाई नै संसदीय दलको नेता बनाउन लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जसपामा ३२ जना सांसद छन् ।

    त्यसमध्ये ठाकुर पक्षसँग कम्तिमा २० जना सांसद पुग्ने भएका छन् । यस्तोमा प्रधानमन्त्री ओलीविरुद्ध लागेको यादव र भट्टराईको भने पत्तासाफ हुने संकेत देखिएको छ ।

    बैशाख २०, २०७८ सोमवार १८:३४:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana