Logo

बिहिवार, बैशाख ३० गते २०७८

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनः विस्तार

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनः विस्तार

नेपालपाना बैशाख २० २०७८
  • 2.7K
    SHARES
  • लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनः विस्तार

    काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ । मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

    नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराए ।  

    सात सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित नेकपा(एमाले)का तीन र जनता समाजवादी पार्टीका राज्यमन्त्रीसहित चार जना सहभागी छन् । 

    बैशाख २०, २०७८ सोमवार २०:३४:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana