Logo

बिहिवार, बैशाख ३० गते २०७८

दाेस्राे शक्ति बनेर उदाए महन्थ ठाकुर, प्रधानमन्त्रीले विश्वासकाे मत पाउने सुनिश्चित !

दाेस्राे शक्ति बनेर उदाए महन्थ ठाकुर, प्रधानमन्त्रीले विश्वासकाे मत पाउने सुनिश्चित !

नेपालपाना बैशाख २० २०७८
  • 3.1K
    SHARES
  • दाेस्राे शक्ति बनेर उदाए महन्थ ठाकुर, प्रधानमन्त्रीले विश्वासकाे मत पाउने सुनिश्चित !

    काठमाडौं। नेकपमा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिदै छन् ।

    विश्वासको मत पाउने लगभग टुंगो भएको अवस्थामा प्रधानमन्त्री ओलीले यो निर्णय अघि सारेका थिए ।

    उसो त, प्रधानमन्त्री ओलीविरुद्ध जाने हैसियत नभएपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिन नसकेको टिप्पणी चलिरहेको छ । भने, अर्काेतर्फ नेपाली कांग्रेसका सभापति शेरबहादृुर देउवाले समेत ओलीविरद्ध जाने बहुमत नरहेको बताउँदै आएका थिए ।

    यस्तोमा जनता समाजवादी पार्टी (जसपा)को बहुमत समुहले समेत प्रधानमन्त्री ओलीालाई नै साथ दिने देखिएपछि ओलीका विपक्षीहरु क्रुरताले जलेर भुस हुने अवस्था सिर्जना भएको देखिन्छ ।

    जसपाले भोलि संसदीय दलको नेता चयन गर्दे छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव एवं नेता डा.बाबुराम भट्टराई पार्टीका मुख्य  शक्ति हुन् ।

    यतिबेला जसपासँग ३२ सांसद छन्  । भोलि करिब २० सांसदले अध्यक्ष ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने स्रोतको दाबी छ ।

    यसो हुँदा अध्यक्ष ठाकुर समुहको प्रधानमन्त्री ओलीलाई पहिलेदेखि जारी समर्थन झनै चुस्त हुन जानेछ र २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने छन् ।

    भने प्रधानमन्त्री ओलीपछिको मुख्य शक्तिका रुपमा महन्थ ठाकुर उदाउने या ठूलो मौका समेत हुनेछ ।

    बैशाख २०, २०७८ सोमवार २१:२९:०९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana