Logo

बिहिवार, बैशाख ३० गते २०७८

प्रधानमन्त्रीसँग डरायो माधव नेपाल समूह, प्रचण्डलाई प्रधानमन्त्री बनाउन यस्तो षयन्त्र

प्रधानमन्त्रीसँग डरायो माधव नेपाल समूह, प्रचण्डलाई प्रधानमन्त्री बनाउन यस्तो षयन्त्र

नेपालपाना बैशाख २१ २०७८
  • 10.8K
    SHARES
  • प्रधानमन्त्रीसँग डरायो माधव नेपाल समूह, प्रचण्डलाई प्रधानमन्त्री बनाउन यस्तो षयन्त्र

    काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने भनेसँगै माधव नेपाल समूह आत्तिएको छ । विश्वासको मत प्राप्त गरे पनि अथवा फेल भए पनि दुबै अवस्थामा ओलीलाई फाइदा हुने भएपछि नेपाल समूह संकटमा परेको छ । 

    विश्वासको मत लिँदा भोट हाले ओलीले निरन्तर पाउने र नहालेर फ्लोर क्रस गरे पनि ओलीले नै जित्ने तथा कार्यकर्ता र पार्टी पंक्तिमा आफूहरुको इमेज ध्वस्त हुने डर माधव नेपाल समूहलाई छ । ओलीको कदमले डराएको माधव समूहले तेस्रो विकल्प निकालेको छ । त्यो भनेको विश्वासको मत लिनुअघि सामूहिक राजीनामा दिने, विश्वासको मत फेल गराउने, अंकगणितमा पनि कमजोर पारेर शेरबहादुर देउवा वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन रणनीति माधव समूहले अपनाएको छ । 

    सामूहिक राजीनामा दिएर, आफ्नो सांसद पद नै गुमाएर जसरी पनि ओलीलाई हटाउने चाल माधव समूहले चालेको छ । त्यसो ओलीलाई सत्ताबाट हटाएर माओवादीसँग सहकार्य गर्ने रणनीतिमा माधव समूह रहेको बताइन्छ । अझ केहीले माधव र प्रचण्ड मिलेर एउटै पार्टी समेत बनाउने तयारी भइरहेको बताउँछन् । 

    यद्यपि अहिले भने माधव समूहले विश्वासको मत अघि नै राजीनामा दिने खबर बालुवाटारलाई जानकारी गराइसकेको छ । बालुवाटार स्रोतले राजीनामा दिन लागेको जानकारी आएको तर यो माधव समूहको बार्गेनिङ टुलका रुपमा लिएको बतायो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र नयाँ घटना विकास हुन लागेको हो । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमालेको हाल १२१ प्रतिनिधि सभा सदस्य संख्या छन् । नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचितले राजीनामा दिएमा १०० मात्र बाँकी रहन्छ । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने निश्चित प्रायः हुन्छ ।

    ओलीले सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्ने सम्भावना पनि समाप्त हुन सक्छ । काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष मिलेर बहुमतको सरकार गठनको सम्भावना बलियो हुन्छ । जसका कारण ओली पदबाट हट्ने परिस्थिति निर्माण हुनसक्छ ।

    बैशाख २१, २०७८ मंगलवार १५:५९:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana