Logo

बिहिवार, बैशाख ३० गते २०७८

प्रधानमन्त्रीको प्राथमिकतामा यसरी पर्यो मधेस, कामबाटै गरे प्रमाणित

प्रधानमन्त्रीको प्राथमिकतामा यसरी पर्यो मधेस, कामबाटै गरे प्रमाणित

नेपालपाना बैशाख २१ २०७८
  • 3.1K
    SHARES
  • प्रधानमन्त्रीको प्राथमिकतामा यसरी पर्यो मधेस, कामबाटै गरे प्रमाणित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेस विरोधी भनेर आलोचना गरिन्छ । तर व्यवहारमा भने ओली मधेस विरोधी होइन मधेसको भलो चाहने नेताका रुपमा कामबाट पुष्टि हुन्छ । ओलीले नै मधेस मुद्दाका राजबन्दीको रिहाई सुरु गरेका छन् । झुठा मुद्दा फिर्ता लिएका छन् । 

    त्यतिमात्र होइन देशभरका ७ वटा प्रदेशका ७ जना मध्ये ३ जना मधेसी प्रदेश प्रमुख प्रदेश २ बाट नियुक्त गरेका छन् । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादब सिरहाका हुन्‍ । त्यसैगरी प्रदेश २ का डा. राजेश झा रौतहटका हुन् भने हिजोमात्रै नियुक्त भएका सुदूरपश्चिमका प्रदेश पमुख गङ्गाप्रसाद यादब सप्तरी निवासी हुन् ।  

    नेताहरुका अनुसार मधेसले चाँडै शक्तिशाली मन्त्री पाउँदैछ । त्यसैले त युवा संघका केन्द्रीय उपाध्यक्ष धनुषा निवासी सञ्जिव झाले भनेका छन्, ‘प्रधानमन्त्री नारामा होइन काममा मधेस प्रेम हेराउनु हुन्छ। हार्दिक धन्यवाद प्रधानमन्त्री ज्यु ।’

    बैशाख २१, २०७८ मंगलवार १७:१३:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana