Logo

बिहिवार, बैशाख ३० गते २०७८

गण्डकीका निवर्तमान प्रदेश प्रमुखलाई 'एमाले अध्यक्ष र राष्ट्रपतिकाे अफर'

गण्डकीका निवर्तमान प्रदेश प्रमुखलाई 'एमाले अध्यक्ष र राष्ट्रपतिकाे अफर'

नेपालपाना बैशाख २१ २०७८
  • 1.7K
    SHARES
  • गण्डकीका निवर्तमान प्रदेश प्रमुखलाई 'एमाले अध्यक्ष र राष्ट्रपतिकाे अफर'

    काठमाडौं। गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने  बताएका छन् । 

    प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले आज आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा आफू निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि देश र जनतालाई केन्द्रमा राख्दै प्राप्त उपलब्धिको रक्षार्थ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

    संविधान, नियम र कानूनलाई आफूले सधैंँ प्राथमिकतामा राखेको बताउँदै उनले प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा पनि त्यही जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढेको स्पष्ट पारे ।

    आफू पदका लागि कहिल्यै नलागेको स्पष्ट पार्दै शेरचनले मनमोहन अधिकारीपछि नेकपा(एमाले)का अध्यक्ष र राष्ट्रपति डा रामवरण यादवपछि राष्ट्रपतिको जिम्मेवारीका लागि आएको प्रस्तावलाई आफूले अस्वीकार गरेको जिकिर गरे। 

    माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराप्रति आफू सधैँ प्रतिबद्ध भएको तथा सिद्धान्त र निष्ठाको राजनीतिलाई निरन्तरता दिंँदै आएको धारणा उनले राखे ।

    बैशाख २१, २०७८ मंगलवार २०:०९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana