Logo

बिहिवार, बैशाख ३० गते २०७८

विशेष अधिवेशनको विरोधमा माओवादी केन्द्रका 'चार शब्द' !

विशेष अधिवेशनको विरोधमा माओवादी केन्द्रका 'चार शब्द' !

नेपालपाना बैशाख २१ २०७८
  • 1.5K
    SHARES
  • विशेष अधिवेशनको विरोधमा माओवादी केन्द्रका 'चार शब्द' !

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले सङ्घीय संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने अवस्थामा विशेष अधिवेशन बोलाइनाले सरकारको राजनीतिक आशय गलत रहेको निष्कर्ष निकालेको छ । 

    पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले संसद्को नियमित अधिवेशन बोलाउनाको सट्टा प्रधानमन्त्रीले विश्वासको मत लिने भनी विशेष अधिवेशनको रुप दिएर बैठक बोलाइनाले प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
     
    सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गरी नेकपा (एमाले)र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा ब्युँताइदिएलगत्तै माओवादीले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आवाज संसद्मै उठाएको थियो ।
     
    “त्यतिखेर प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने पहल गर्नुभएन, अब केही समयभित्रै संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ”, उनले भने, “फागुन २३ गतेको अदालतको आदेशअनुरुप चैत २३ भित्र विश्वासको मत लिने विषयलाई छाड्ने र नियमित अधिवेशन नबोलाई विशेष अधिवेशनको रुपमा बैठक बोलाइनुको आशय राम्रो देखिँदैन ।”

    बैशाख २१, २०७८ मंगलवार २०:१७:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा
  • # माओवादी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana