Logo

बिहिवार, बैशाख ३० गते २०७८

पीसीआर परीक्षण निशुल्क !

पीसीआर परीक्षण निशुल्क !

नेपालपाना बैशाख २१ २०७८
  • 1.6K
    SHARES
  • पीसीआर परीक्षण निशुल्क !

    झापा। कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै दमक नगरपालिकाले संक्रमितहरुको निशुल्क पीसीआर परीक्षण गर्ने भएको छ ।

    कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै दमक नगरपालिकाले संक्रमितहरुको पहिचानका लागि निशुल्क पीसीआर परीक्षण शुरु गरेको हो ।

    कोरोनाको पहिलो लहरका बेला समेत निशुल्क परीक्षण सेवा दिएको नगरपालिकाले दोश्रो लहर तीव्र बनेपछि पुनः निशुल्क परीक्षण थालेको हो । दमक २ स्थित कोभिड अस्पतालमा मंगलबार पहिलो दिन ३२ जनाको स्वाव संकलन गरिएको छ ।

    दमक नगरपालिकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा नगरबासीलाई लक्षित गरी पीसीआर परीक्षण शुरु गरेको हो ।

    बैशाख २१, २०७८ मंगलवार २०:५४:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana