Logo

शनिवार, आषाढ ११ गते २०७९

images

खोपमा घुसेका माफिया धर्मसंकटमा, कडा कारवाही गर्न माग !

खोपमा घुसेका माफिया धर्मसंकटमा, कडा कारवाही गर्न माग !

नेपालपाना बैशाख २४ २०७८
  • 9.4K
    SHARES
  • खोपमा घुसेका माफिया धर्मसंकटमा, कडा कारवाही गर्न माग !

    काठमाडौं। नेपाली कांग्रेसका सभाप िशेरबहादुर देउवाले कोभिड–१९ को महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड–१९ विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।

    कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको जनाउँदै उनले  जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो भनेका छन् ।

    पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत जिवनदायिनी औषधि र खोपको भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । 

    सभापति देउवाले नेपाली जनताको जीवन रक्षा गर्न देशभर आवश्यक अक्सिजन, सघन उपचा कक्ष शय्या, खोपलगायत औषधिको तत्काल व्यवस्था गर्न माग  गरेका छन् ।

    बैशाख २४, २०७८ शुक्रवार २०:५१:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend