Logo

शनिवार, आषाढ ११ गते २०७९

images

माओवादी र कांग्रेसलाई प्रधानमन्त्री ओलीको यस्तो चुनौती, अब वार कि पार हुने

माओवादी र कांग्रेसलाई प्रधानमन्त्री ओलीको यस्तो चुनौती, अब वार कि पार हुने

नेपालपाना बैशाख २५ २०७८
  • 11.4K
    SHARES
  • माओवादी र कांग्रेसलाई प्रधानमन्त्री ओलीको यस्तो चुनौती, अब वार कि पार हुने

    काठमाडौं । विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेल गराएर देखाउ चुनौती दिएका छन् । अब वार कि पारको लडाई हुने भन्दै ओलीले विश्वासको मत नपाए सरकार छाडेर विपक्षीमा बस्ने रणनीति बनाएका छन् । तर पहिला विश्वासको मत असफल बनाएर देखाउन उनले चुनौती दिएका हुन् । 

    ओलीका तर्फबाट एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यदि हाम्रोविरुद्धमा संसद्मा बहुमत भयो भने तत्काल सरकार छोडेर हामी विपक्षमा बस्न तयार रहेको सुनाए । 

    उनले वर्तमान सरकारले ईतिहासमा कसैले गर्न नसकेका राम्रा काम गरेको दाबी गरेका छन् । तर, सरकारले गरेका राम्रा कामको बारेमा विरोधीहरुले जहिल्यै पनि विरोध र आलोचना गर्ने गरेको दुःखेसो पोखे ।

    आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले आफूहरु ठूलो पार्टी भएकै कारण सरकारको नेतृत्व गरेको पनि दाबी गरे । उनले एमाले सधैं सत्ताको पछि लागेको भन्ने आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे । उनले भने–‘यो भनेको ईतिहाँसमा देखिएका सबै तथ्यहरुको खण्डनमात्रै होईन, यो ईतिहाँसमाथिको चुनौती हो । यो ईतिहासले यो बताउदैन् । ईतिहासमा सबैभन्दा धेरै प्रतिपक्षको कुर्सीमा बसेको कुनै पार्टी छ भने त्यो नेकपा (एमाले) हो । हामीलाई जनताले भोट दिँदाखेरि त सरकारमा बस्नु एउटा कुरा हो । तर, हामीले चाहेर पनि सरकारमा जान खोजेको कहिल्यै पनि छैन । अहिले त सबैभन्दा ठुलो पार्टी त एमाले नै त हो नि । १२१ सिट ल्याएको छ । अब एमालेले सरकारमा बस्न नखोजेर कस्ले खोज्छ त ? यदि हाम्रोविरुद्धमा संसद्मा बहुमत भयो भने तत्काल सरकार छोडेर हामी विपक्षमा बस्न तयार छौँ । धेरैपटक विपक्षमा बसेर जनताको काम गरेर हामीहरुले फेरि चुनाव जितेका पनि छौँ नि त ।’

    बैशाख २५, २०७८ शनिवार १७:०६:५९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend