Logo

मंगलवार, मंसिर १३ गते २०७९

प्रहरी यात्रु बनेर हिड्न थालेपछि  बढी भाडा असुल्नेहरु धर्मसंकटमा !

प्रहरी यात्रु बनेर हिड्न थालेपछि  बढी भाडा असुल्नेहरु धर्मसंकटमा !

नेपालपाना बैशाख २५ २०७८
  • 10.1K
    SHARES
  • प्रहरी यात्रु बनेर हिड्न थालेपछि  बढी भाडा असुल्नेहरु धर्मसंकटमा !

    काठमाडौं। काठमाडौँबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले  एउटा टोली तयार पा¥यो ।  

    सादा पोषाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट उपत्यकाका विभिन्न क्षेत्रमा उक्त टोली परिचालन गरिएको थियो । काठमाडौँबाट विभिन्न जिल्ला जाने यातायातको टिकट काउन्टर, चालक तथा सहचालकको सुक्ष्म रुपमा अध्ययन गर्दा धेरै ठाउँमा यात्रुबाट बढी भाडा लिएको पाइएपछि प्रहरी त्यसविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । 

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भन्नुभयो, “हाम्रो अनुगमनमा यस्तोसम्म पाइयो कि लाग्ने भाडाभन्दा पाँच÷छ गुनासम्म बढी भाडा लिएका थिए ।”  

    यसको दरिलो उदाहरण काठमाडौँ–बुटवलको भाडा हेर्दा पुग्छ । सामान्यतः छ÷सात सय भाडाले पुग्ने बुटबलका लागि छ हजारसम्म लिएको पाइएको र पोखराको भाडा तीन हजार ५०० सम्म लिएको पाइएको छ । पोखरामा हवाइजहाजमा जाँदा समेत त्यती रकम तिर्नु पर्दैन । 

    केही अघि पक्राउ परेका पोखरा माइक्रोका कर्मचारी बन्दराज पराजुली, मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे–७ का रञ्जित सिलवाल विरुद्ध अहिले कानुनी प्रक्रिया अघि बढिसकेको छ ।

    कोभिड १९ को महामारीका बेला यसको फाइदा उठाउँदै चरम ठगी गरेको नमूना फेला परेपछि अहिले ट्राफिक प्रहरी यातायातको ठगी विरुद्ध आक्रामक भएर लागेको छ ।  महाशाखाले विशेष छड्के जाँच तथा अनुगमन टोलीले विभिन्न स्थानबाट दैनिक रुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरी कानुनको कठघरामा उभ्याउँदै आएकोमा आज मात्रै पनि त्यस्तै कैफियत गर्ने सात जना पक्राउ परेका छन् । 

    “महामारीको यस्तो विषम परिस्थितिमा यात्रु समस्यामा पर्ने र ठगिन सक्ने कुरालाई ध्यान दिँदै टोली परिचालन गरेका हौँ, टोलीले सम्भावित त्यस्ता स्थानमा निगरानी गर्ने, आफैँ यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेका छौँ”,एसएसपी भट्टराईले भने ।

    बैशाख २५, २०७८ शनिवार २०:३३:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रहरी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend