Logo

बुधवार, आषाढ ९ गते २०७८

सबै मेहनत खेर गयो, बुढानिलकण्ठबाट रित्तो हात फर्किए प्रचण्ड

सबै मेहनत खेर गयो, बुढानिलकण्ठबाट रित्तो हात फर्किए प्रचण्ड

नेपालपाना बैशाख ३० २०७८
  • 12.0K
    SHARES
  • सबै मेहनत खेर गयो, बुढानिलकण्ठबाट रित्तो हात फर्किए प्रचण्ड

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको वार्ता सकिएको छ । 

    संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकारका लागि बहुमत नपुग्ने निश्चित भएपछि देउवा र प्रचण्डबिच ठोस कुनै छलफल हुन सकेन । बहुमत नपुग्दा के गर्ने भन्ने अन्योलका बिच प्रचण्ड निराश भएर बुढानिलकण्ठबाट फर्किए । 

    जसपाको महन्थ ठाकुर पक्षले साथ नदिएसँगै गठबन्धनमा उपेन्द्र यादव समूह जोडेर जम्मा १२४ जना मात्रै सांसद पुगेको छ । बहुमतका लागि १३६ आवश्यक छ । संख्या नपुगेपछि ७६ (२) अनुसारको सरकार बनाउने देउवा दाहालको योजना विफल भएको हो ।

    बैशाख ३०, २०७८ बिहिवार १६:५३:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana