Logo

बुधवार, आषाढ ९ गते २०७८

चार घण्टा वार्तापछि ओली र माधव नेपालको कुरा मिल्यो, अन्तत: विपक्षी गठबन्धनको खेल खत्तम

चार घण्टा वार्तापछि ओली र माधव नेपालको कुरा मिल्यो, अन्तत: विपक्षी गठबन्धनको खेल खत्तम

नेपालपाना बैशाख ३० २०७८
  • 26.1K
    SHARES
  • चार घण्टा वार्तापछि ओली र माधव नेपालको कुरा मिल्यो, अन्तत: विपक्षी गठबन्धनको खेल खत्तम

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच वार्ता सफल भएको छ । 

    चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ४ घण्टा छलफलपछि दुबै नेताबिच कुरा मिलेको हो । 

    ओलीले जेठ २ मा फर्किने माधव नेपाल समूहको माग पूरा गर्न ओली तयार भएका छन् । 

    बैठकपछि नेता नेपालले भने, ‘ कार्यदल बन्छ। फागुन २८ को निर्णय फिर्ता गर्नलाई । जेठ २ अघि फर्कने सहमति भएको छ ।’

    ओली र नेपालको कुरो मिलेसँगै नयाँ गठबन्धन सरकार निर्माणमा लागेका कांग्रेस, माओवादी र जसपा (उपेन्द्र बाबुराम)को खेल खत्तम भएको छ ।

    बैशाख ३०, २०७८ बिहिवार १८:२२:०० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana