काठमाडौं । नेपाली कांग्रेसले नयाँ गठबन्धन सरकारका लागि दाबी नगर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले बहुमत नजुट्ने अवस्था आएकाले सरकारको दाबी गर्न नजाने निर्णय लिएको सह-महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
'तीन दलको पूरै समर्थन जुट्न सकेन। तीन दलको पूरै मत नजुटी परिणाम नआउने दाबी गर्न जाने कुरा भएन', उनले भने, 'जसपामा महन्थ ठाकुरले केपी ओलीजीलाई नै समर्थन गर्ने मानसिकता देखाउनु भयो, त्यहीकारण बहुमत नपुगी सरकारको दाबी गर्न नजाने निर्णय हामीले लिएका छौँ।'