Logo

बुधवार, आषाढ ९ गते २०७८

अन्तत: एमाले एकता जोगिएको घोषणा, फुटकाे फाइदा लिन खाेज्नेहरूमाथि विष्णु रिजालले हाने अस्त्र !

अन्तत: एमाले एकता जोगिएको घोषणा, फुटकाे फाइदा लिन खाेज्नेहरूमाथि विष्णु रिजालले हाने अस्त्र !

नेपालपाना बैशाख ३० २०७८
  • 4.4K
    SHARES
  • अन्तत: एमाले एकता जोगिएको घोषणा, फुटकाे फाइदा लिन खाेज्नेहरूमाथि विष्णु रिजालले हाने अस्त्र !

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सहमतिनजिक पुगेसँगै एमाले एकता जोगिएको टिकाटिप्पणी हुन थालेको छ ।

    यसबीच नेता विष्णु रिजालले एमाले एकता जोगिएको घोषणा गरेका छन् । यतिमात्रै हैन्, एमाले फुटेमा फाइदा लिउँला भनेर मुख मिठ्याउनेहरू निराश बनेको टिप्पणी समेत उनले गरेका छन् ।

    ‘एमालेको एकता जोगिएको छ। दुई नेताबीच पार्टीलाई सहमतिमा अघि बढाउने समझदारी भएसँगै विवादहरू गौण भएका छन् र एमाले फुटेमा फाइदा लिउँला भनेर मुख मिठ्याउनेहरू निराश बनेका छन्, पार्टीमा विवाद हुन्छ, संवाद हुन्छ र समाधान पनि हुन्छ। पार्टी र सरकारलाई प्रभावकारी बनाउनुमा नै भविष्य निर्भर छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    बैशाख ३०, २०७८ बिहिवार १९:०८:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद
  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana