Logo

बुधवार, आषाढ ९ गते २०७८

ओली फेरि बहुमतकै प्रधानमन्त्री, यस्तो छ अंकगणित

ओली फेरि बहुमतकै प्रधानमन्त्री, यस्तो छ अंकगणित

नेपालपाना बैशाख ३० २०७८
  • 15.8K
    SHARES
  • ओली फेरि बहुमतकै प्रधानमन्त्री, यस्तो छ अंकगणित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । कांग्रेस, माओवादी र जसपा (उपेन्द्र र बाबुराम) को बहुमत ७६ (२) अनुसार नयाँ सरकार बनाउन नपुगेपछि ओली दोहोरिने निश्चित भएको हो । 

    राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार बहुमतको गठबन्धन सरकार बनाउन आज राती ९ बजेसम्मको समय दिएकी छन् । यो समयमा बहुमतको दाबेदारी नभए ७६ (३) अनुसार संसदको ठूलो दल एमालेको दलको नेताको हैसियतमा ओलीलाई राष्ट्रपतिले नियुक्त गर्ने निश्चित भइसकेको छ । 

    तर त्यसअगावै प्रधानमन्त्री ओली बहुमतकै प्रधानमन्त्री बन्ने विकल्प पनि खुला भएको छ । माधव नेपाल समूहसँग कुरा मिलेपछि यो सम्भावना बढेर आएको छ । 

    ओलीसँग विश्वासको मतमा पाएको मतका हिसाबले अहिले ९३ सांसद छन् । माधव नेपालसँग २८ सांसद छन्। दुबै जोड्दा १२१ हुन्छ । अब बहुमत पुर्याउन ओलीलाई १५ मत आवश्यक हुन्छ । अनि १३६ मतसहित बहुमत पुर्याउन सकिनेछ । यसमा ओलीलाई साथ दिइरहेको जसपाको महन्थ र राजेन्द्र महतो समूहका १७ सांसदको साथ नयाँ सरकारका लागि पाए ओली सुविधाजनक बहुमतमा हुनेछन् । विश्वासको मतमै जसपा महन्थ पक्षका १५ सांसद तटस्थ बसेका थिए । यसहिसाबले ओलीले बहुमतको सरकार बनाउन चाहे सुविधाजनक बहुमत पुग्छ । त्यसमाथि राप्रपा र स्वतन्त्र सांसदको मत पनि ओलीले पाउनेछन् । 

    यसरी मिलाउँदा ओली बहुमतको प्रधानमन्त्री बन्न सक्छन् । माधव नेपालसँग कुरा मिलिसकेकाले महन्थको समर्थन लिएर राती ९ बजेसम्म बहुमतको सरकार दावी गर्न प्रधानमन्त्री ओलीलाई सुविधा छ । यो विकल्प मा गए अल्पमतको सरकार गठन गर्नु भन्दा बहुमतको सरकार बनाएर बाँकी समय आरामले चलाउन ओलीले पाउनेछन् ।

    बैशाख ३०, २०७८ बिहिवार १९:११:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana