Logo

बुधवार, आषाढ ९ गते २०७८

ओली-नेपाल मिलेसँगै माओवादीमा हरिविजोग, एमाले प्रवेश गर्ने तयारीमा नेताहरु !

ओली-नेपाल मिलेसँगै माओवादीमा हरिविजोग, एमाले प्रवेश गर्ने तयारीमा नेताहरु !

नेपालपाना बैशाख ३० २०७८
  • 40.7K
    SHARES
  • ओली-नेपाल मिलेसँगै माओवादीमा हरिविजोग,  एमाले प्रवेश गर्ने तयारीमा  नेताहरु !

    काठमाडौं । बिहीबार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपीश शर्मा ओलीबीच कुरा मिलेसँगै माओवादी केन्द्रको विजोग भएको छ ।

    बिहीबार माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको थियो । माधव नेपाल र प्रधानमन्त्री ओलीबीच सहमति हुने भएपछि यतिबेला माओवादीका नेताहरु सन्त्रसित भएका छन् ।

    स्थायी समिति बैठककाे बीचमै बाहिरिएका नारायणकाजी श्रेष्ठले माधव नेपाल समुहको निर्णयपछि मात्रै नयाँ सरकार गठनको प्रक्रियामा जाने कि नजाने निर्णय हुने बताएका छन् । यसकाे अर्थ नेता नेपालकाे साथबीना माओवादी केन्द्रकाे विजाेग हुने देखिएकाे हाे ।

    तर, माधव नेपाल र ओलीबीच लगभग सहमति अन्तिम बिन्दुमा पुगेको छ । यस्तोमा सहमति बनिसक्यो भने केही माओवादी नेताहरुले पार्टी छोडेर एमाले प्रवेश गर्न सक्ने सम्भावना हुनेछ । यसअघि थुप्रै नेताहरुले माओवादी केन्द्र  त्यागिसकेका छन् ।

    बैशाख ३०, २०७८ बिहिवार १९:३८:१२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana