Logo

बुधवार, आषाढ ९ गते २०७८

कांग्रेसको बहुमत पुगेन, माओवादी सकियो : यसरी ढुक्कसँग ओली प्रधानमन्त्री !

कांग्रेसको बहुमत पुगेन, माओवादी सकियो : यसरी ढुक्कसँग ओली प्रधानमन्त्री !

नेपालपाना बैशाख ३० २०७८
  • 3.7K
    SHARES
  • कांग्रेसको बहुमत पुगेन, माओवादी सकियो : यसरी ढुक्कसँग ओली प्रधानमन्त्री !

    काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुने लगभग निश्चित भएको छ । 

    जसपमा महनथ ठाकुर पक्ष प्रधानमन्त्री ओलीविरुद्ध नजादा र एमालेका वरिष्ठ नेता माधवकुमार समुहले राजीनामा नदिँदा कांग्रेससँग सरकारका गठनका लागि बहुमत पुग्न सकेन । माओवादी केन्द्र कांग्रेससँग मिलेपनि बहुमत पुग्न नसक्ने भएपछि माओवादी केन्द्र नगण्य अवस्थामा पुगेको छ ।

    यसरी कांग्रेस माओवादी गठबन्धन असफल हुँदा एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री नियुक्त हुने निश्चित वा ढुक्क भएको हो ।

    राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिदैछ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छ ।

    यसैबीच जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटारमा छन् ।

    बैशाख ३०, २०७८ बिहिवार १९:५८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana