Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

प्रेम आलेले चिनियाँ अक्सिजन सिलिण्डर आफैं किनेको खुल्यो, बिल सहितको प्रमाण सार्वजनिक हुँदा विरोधीहरुको भागाभाग !

प्रेम आलेले चिनियाँ अक्सिजन सिलिण्डर आफैं किनेको खुल्यो, बिल सहितको प्रमाण सार्वजनिक हुँदा विरोधीहरुको भागाभाग !

नेपाल पाना जेठ ११ २०७८
  • 22.6K
    SHARES
  • प्रेम आलेले चिनियाँ अक्सिजन सिलिण्डर आफैं किनेको खुल्यो, बिल सहितको प्रमाण सार्वजनिक हुँदा विरोधीहरुको भागाभाग !

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरलाई फेरि विवादमा तानिएको छ । रातदित मन्त्रालयमा बसेर पहल गरेर सुदूरपश्चिममको दुरदराजमा अक्सिजन सिलिण्डर पुर्याएका मन्त्री आलेको खेदो खन्ने काम भइरहेको छ । खासगरी मन्त्री आलेको स्टीकर टाँसिएको सिलिन्डरसहितको फोटोलाई लिएर उडाउने काम भइरहेको छ ।

    चिनियाँ अनुदानमा आएको अक्सिजन सिलिण्डरमा आफ्नो व्यक्तिगत सहयोग भन्दै फोटो टाँसेर बाँडेको आरोप लगाउँदै आलेको आलोचना भएको छ । तर वास्तविकता भने फरक छ । आलेले आफ्नै खर्चमा अक्सिजन सिलिण्डर खरीद गरेको खुलेको छ । खरीदको बिलसमेत सार्वजनिक भएको छ । त्यसैगरी अस्पतालले पनि भुक्तानी मन्त्री आलेबाटै लिन भनेर पठाएको पत्र पनि सार्वजनिक भएको छ । यसबाट मन्त्री आलेले आफ्नै पहलमा अक्सिजन र स्वास्थ्य सामग्री उपलब्ध गराएको पुष्टि भएको छ । जहाँसम्म प्रचार प्रसारको कुरा छ यो नौलो होइन । विगतमा कांग्रेसका बालकृष्ण खाँडले पनि स्टीकरमा आफ्नो फोटो टाँसेर स्वास्थ्य सामग्री वितरण गरेको उदाहरण हाम्रा सामु छ ।
     
    मन्त्री आलेले सोमवार हेलिकप्टरमार्फत आफ्नो गृह जिल्ला डोटी पुगेर जिल्ला अस्पताललाई अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री प्रदान गरे । जुन जिल्लाभरका स्थानीय तहका लागि हो । ७५ वटा अक्सिजन सिलिन्डर र १ लाख ५० हजार मास्क जिल्ला भरका स्थानीय तहका लागि वितरण गरियो ।  साथै अक्सिजन कन्सन्ट्रेटर, अस्पताल बेड, एन्टिजेन कीटलगायतका अन्य स्वास्थ्य सामग्री र कोरोनाको उपचारमा प्रयोग हुने औषधि पनि सहयोग गरियो । 

    आलेले दिएका सिलिन्डर र स्वास्थ्य उपकरणका प्याकेटमा एउटा रंगीन स्टिकर टाँसिएको छ । जसमा लेखिएको छ - नेपाल सरकारको माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री । स्टिकरमा मन्त्री आलेको फोटोमा समावेश छ । त्यही स्टिकर टाँसिएको निलो अक्सिजन सिलिन्डरको फोटोका कारण आलेमाथि खनिएका छन् ।

    तर वास्तविकता भने प्रमाणले प्रष्ट पारेको छ । सिलिण्डर आलेले नै खरीद गरेर दिएका हुन् भने आफूले किनेको सिलिण्डरमा आफूले किनेर पनि प्रचार गर्दा किन टाउँको दुखाई । काम गरे 
    प्रचार भइहाल्छ नि । सानो खाना सहयोग गरेको त प्रचार हुन्छ भने मन्त्रीले लाखौको सहयोग गरेका छन् । यहाँनेर प्रचार त स्वभाविक हो ।  

    मैले किनेको सामान विदेशी अनुदान होइन

    वनमन्त्री आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गरे । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए । 

    उनले भने, ‘अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।’ महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै उनले आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए । 

    उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने, ‘म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।’ 

    मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिण्डर प्रदान गरिसकेका छन् ।

    prem ale Doti.png

    bill.jpg

    जेठ ११, २०७८ मंगलवार १५:१४:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रेम आले

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend