Logo

सोमवार, आश्विन ४ गते २०७८

सरकारले कर कटौती गरेसँगै मोटरसाइकलको मुल्य ह्वात्तै घट्यो

सरकारले कर कटौती गरेसँगै मोटरसाइकलको मुल्य ह्वात्तै घट्यो

नेपालपाना जेठ १८ २०७८
  • 8.9K
    SHARES
  • सरकारले कर कटौती गरेसँगै मोटरसाइकलको मुल्य ह्वात्तै घट्यो

    काठमाडौं । सरकारले शनिबार बजेटमार्फत दुई पाङ्ग्रे सवारीमा लाग्ने करको सडक दस्तुरमा अधिकतम १ लाख सम्मको छुट घोषणा गरेको थियो ।

    मोटरसाइकलमा लाग्दै आएको २ लाख सडक निर्माण दस्तुरलाई घटाएर १ लाखमा झारेको छ भने, इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीमा अधिकतम २ हजारले सडक दस्तुर घटाएको हो ।

    यसअघि चालू आर्थिक वर्षको बजेटले अधिकतम १२ हजार पुर्याएको विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको सडक दस्तुर बजेट पश्चात दुई हजार घटेर अब १० हजारमा झरेको छ । योसँगै अब नेपाली बजारमा हेब्भी मोटरसाइकल र इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर किन्नेहरूलाई थप सहज हुने भएको छ ।

    हाल सरकारले भन्सार विन्दुमा नै लिने सडक निर्माण दस्तुरमा १ लाख रुपैयाँ कम भएसँगै हेब्भी बाइकको रुपमा बिक्री हुँदै आएको मोटरसाइकलको मूल्य ह्वातै घट्ने भएको छ ।  यद्यपि यो ४ सय सिसी इन्जिन क्षमता माथिका मोटरसाइकल र विद्युतीय दुई पाङ्ग्रे सवारीमा मात्र गरिएको हो । 

    योसँगै हाल बजारमा रहेका होन्डा, यामाहा, बेनेली, सिएफमोटो, रोयल इन्फिल्ड, बीएमडब्ल्यू, डुकाटी जस्ता ब्राण्डले विग बाइक विक्री वितरण गर्दै आएका छन् ।

    जेठ १८, २०७८ मंगलवार १९:३६:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana