Logo

बिहिवार, श्रावण २१ गते २०७८

प्रदेश २ का ‘भ्रष्ट’ मन्त्री यादव: प्रहरी बनाईदिने भनेर गरिब मधेसीबाट पैसा असुलेपछि जब महेश बस्नेतले थर्काए, झाले गरे खुलासा

प्रदेश २ का ‘भ्रष्ट’ मन्त्री यादव: प्रहरी बनाईदिने भनेर गरिब मधेसीबाट पैसा असुलेपछि जब महेश बस्नेतले थर्काए, झाले गरे खुलासा

नेपालपाना जेठ १९ २०७८
  • 31.9K
    SHARES
  • प्रदेश २ का ‘भ्रष्ट’ मन्त्री यादव: प्रहरी बनाईदिने भनेर गरिब मधेसीबाट पैसा असुलेपछि जब महेश बस्नेतले थर्काए, झाले गरे खुलासा

    काठमाडौं । प्रदेश २ का राज्यमन्त्री योगेन्द्र यादवको चरित्रबारे सायदै कोही जानकार नहोला । पैसा भनेपछि मरिहत्ते गर्ने यादवले गरिब मधेसीलाई पनि छोड्दैनन् । जति सक्यो असुल्ने उनको पुरानो शैली नै हो । अहिले मन्त्री भएपछि पनि उक्त कार्यशैली नफेरिएपछि उनकै सहकर्मी तथा मतदाता आजित छन् । चुनावमा यो यो गरिदिन्छु भनेर भोट लिए पनि अहिले कुनै पनि काम गर्न पैसा माग्ने गरेको गुनासो उनको निर्वाचन क्षेत्रमा सुनिन्छ । 

    अहिले उपेन्द्र यादवको ‘पुच्छर’ बनेर केन्द्र सरकारलाई गाली गर्ने उनको ड्युटी परेको छ । विपक्षी गठबन्धनमा लागेर उपेन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमन भनिरहेका बेला प्रदेशको सरकारमा एउटा मन्त्री पदमा बसेर एउटा कार्यकर्ता लेभलमा उनी उत्रिएका छन् । आफ्नो पदीय मर्यादा नै ख्याल नगरी आफू एक कार्यकर्ताकै लेभलको हुँ भन्ने औकात देखाएर जथाभावी टिप्पणीमा उत्रिएका छन् । 

    उनले केन्द्र सरकारमात्र होइन एमालेलाई पनि आक्षेपित गर्नेगरी बोल्न थालेका छन् । पछिल्लो समय उनले एमालेका युवा नेता महेश बस्नेतमाथि पनि एउटा राजनीतिक कार्यकर्ताभन्दा पनि तल्लो अविवेकी टिप्पणी गरेका छन् । मन्त्री पदमा बसेर उनले उच्चारण गर्न पनि नसुहाउने ‘अपराधी’ र ‘फटाहा’ जस्ता शब्द प्रयोग गरेका छन् । 

    सरकारमा बसेर विरोधकै यति तल्लो स्तरमा झरेपछि उनको वास्तविक औकात बाहिर आएको छ । यादवले गरिब मधेसी जनतासँग कसरी दलाली गर्छन भन्ने कुरा बाहिर आएको छ । 

    युवा संघ केन्द्रीय उपाध्यक्ष एवं मधेसका प्रख्यात युवा नेता सञ्जीव कुमार झा 'सुरज'ले राज्यमन्त्री यादवको बदमासी बाहिर ल्याएका हुन् । उनका अनुसार यादवले मधेसीलाई प्रहरी बनाइदिने भनेर आश्वासन दिने र प्रहरी बनाइदिन महेश बस्नेतलाई हारगुहार गर्ने गरेका थिए । बस्नेतले भनसुन गरेर प्रहरी बनाइदिएपछि लाखौ असुली यादवले गर्ने गरेका थिए । असुली गरेको थाहा पाएपछि बस्नेतले यादवलाई थर्काएका थिए । त्यतिबेला नेता बस्नेतको चाकडी गर्ने यादव अहिले मन्त्री पदमा बसेर विरोधका लागि विरोध भनेर उनैविरुद्ध जथाभावी टिप्पणी गर्नु नैतिकहिन र विवेकहीन टिप्पणी हो । 

    युवा नेता सुरजले सार्वजनिक गरेको यादवको बदमासी 

    केही बर्ष पहिले यै योगेन्द्र यादब ले दुई जना मधेसी लाई जबान मा जागीर लगाई दिनु भनेर त्यही महेश बस्नेत लाई गिडगिडाउँदै पुगेका थिए । मधेसको साथीले भनेको सोचेर भावनात्मक भएर जोडदार रुपले महेश बस्नेत ज्यु ले सिफारिस गरीदिनु भयो र दुबै को छनौट पनि भए । त्यस्को केही दिनपछि योगेन्द्र यादव खाममा पैसा लिएर महेश बस्नेत कहाँ पुगे र खाम दिन खोजे । खाम दिँदा महेश बस्नेतज्यूले यो के हो भनेर सोधे ? योगेन्द्र यादवले भने अस्ति तपाईंले सिफारिस गरि दिनु भएको दुबै जना को छनौट भयो त्यै भएर म यो खाम बन्दी लिएर आएको छु । 

    महेश बस्नेत ले झार्दै भने म त दुई जना गरीब मधेसी ले जागिर पाउँछ भनेर भनेको थिए । तपाईं यस्तो काम नगर्नुस् । 

    योगेन्द्र यादब ले भने कि यदी हामी ले काम गरेको पैसा लिएन भन्ने त्यहा को जनता ले हामी ले  नै काम गरेको भन्ने बिश्वास नै गर्दैन । महेश बस्नेत लाई यो यस्तो दलाली मन परेन र उहाँ संग बाई बाई गर्दै छुट्टिनु भयो  र पछि त्यो पैसा राखेको खाम आफै संग लिएर योगेन्द्र यादब फर्के ।

    जेठ १९, २०७८ बुधवार १९:२५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana