Logo

बुधवार, आषाढ ९ गते २०७८

बजेट कार्यान्वयनका लागि बन्न थाल्याे कार्ययोजना

बजेट कार्यान्वयनका लागि बन्न थाल्याे कार्ययोजना

नेपालपाना जेठ १९ २०७८
  • 2.0K
    SHARES
  • बजेट कार्यान्वयनका लागि बन्न थाल्याे कार्ययोजना

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ ।  

    आज मन्त्रालयमा आयोजना भएको कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवमा लक्ष्य लिइएको कार्यक्रम समयसीमा नै सम्पन्न हुने गरी कार्ययोजना बनाइएको बताए ।

     केही समय पहिले मात्रै मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्गठन र व्यवस्थापन (ओएनएम)स्विकृत गरेको उनले जानकारी दिए । 

    यस अघि मन्त्रालयले विसं। २०५० मा तयार भएको सङ्गठनबाटै सञ्चालन हुँदै आएको थियो । उनले भने, “यसबाट नयाँ कार्यक्रमहरु सम्पादन गर्न जनशक्तिको आवश्यकता पूरा भएको छ ।”

    मन्त्री नेम्वाङले सरकारले पूर्व–पश्चिम राजमार्गको विस्तार र उत्तर दक्षिण जोड्ने राजमार्गहरुको निर्माण अघि बढाउने गरी बजेट बिनियोजन भएको बताए । उनका अनुसार त्योसँगै सरकारले रेल, मेट्रो रेल र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको छ । 

    जेठ १९, २०७८ बुधवार २०:१२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ
  • # बजेट

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana