Logo

बिहिवार, श्रावण २१ गते २०७८

महेश बस्नेत गृहमन्त्री बन्दै

महेश बस्नेत गृहमन्त्री बन्दै

नेपालपाना जेठ २१ २०७८
  • 7.1K
    SHARES
  • महेश बस्नेत गृहमन्त्री बन्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले युवा नेता महेश बस्नेतलाई आफ्नो मन्त्रिपरिषदमा समावेश गराउने भएका छन् । सरकारविरुद्ध भ्रम चिर्न देशव्यापी साइबर सेना खडा गर्ने, अंकगणित अनुकुल बनाउन भूमिका खेल्ने, अफ्ठेरो पर्दा जस्तोसुकै प्रकारको पनि साथ दिने बस्नेत प्रधानमन्त्री ओलीको विश्वास पात्र समेत हुन् । उनी मन्त्रिपरिषदमा प्रधानमन्त्रीको रोजाइमा समेत परेका छन् ।

    यसपालि जसपाका नेताहरुसँगै बस्नेतलाई पनि सरकारमा समावेश गराउने प्रधानमन्त्री ओलीको तयारी छ । जसपाले रक्षासहित ८ मन्त्रालय पाउँदा गृह मन्त्रालय भने ओलीले आफैसँग राखेका छन् ।

    गृहमा आफ्ना विश्वासपात्र बस्नेतलाई ल्याउने ओलीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । जसपाका मन्त्रीहरुसँगै बस्नेतको पनि सपथ हुने बताइएको छ । सम्भव भएसम्म आज र नभए आइवार सपथ हुने बताइएको छ । जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा नेताहरु सरकारमा सहभागी हुँदैछन् ।

    जेठ २१, २०७८ शुक्रवार १४:११:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana