Logo

बुधवार, जेठ ४ गते २०७९

images

कांग्रेस नेतृत्वकाे कर्णाली प्रदेश सरकारकाे सदनमा खैलाबैला !

कांग्रेस नेतृत्वकाे कर्णाली प्रदेश सरकारकाे सदनमा खैलाबैला !

नेपालपाना जेठ २४ २०७८
  • 4.2K
    SHARES
  • कांग्रेस नेतृत्वकाे कर्णाली प्रदेश सरकारकाे सदनमा खैलाबैला !

    कर्णाली। कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ । 

    प्रदेशसभाको आजदेखि शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदनका काम कारबाही अघि बढ्न नदिने अडान राखेको हो । 

    बैठक शुरु हुनासाथ दलका नेता यामलाल कँडेलले तीन वटै तहका अदालतले दोषी करार गरिसकेका व्यक्ति मन्त्रीका रुपमा झण्डा हल्लाउँदै सदनमा प्रवेश गर्नु आपत्तिजनक भएको बताए । 

    उनले भने, “मुख्यमन्त्रीले यस अघि अभियोग लागेको आधारमा मन्त्रीलाई बर्खास्त गरेको अनुभव छ, लोकतन्त्र, संवैधानिक मूल्य मान्यता र जनप्रतिनिधिमुलक संस्थाको गरिमा बचाउन अभियोग प्रमाणित मन्त्रीलाई बर्खास्त गर्न माग गर्दछौं ।” नेता कँडेलले बोलेलगत्तै एमालेका १५ सांसदले उठेर बैठक अवरुद्व पारेका थिए ।

    सभामुख राजबहादुर शाहीले गम्भीर विषय हुँदाहुँदै पनि यसबारे सरकारले आफ्नो धारणा प्रस्तुत गर्ने भएकाले सदनको काम कारबाही अघि बढ्न दिन आग्रह गरेका थिए । एमालेले बैठक अवरुद्व पारेपछि आधा घण्टाको लागि स्थगित बैठक पुनः सुचारु भएको थियो । बैठकमा शुरु हुनासाथ एमालेका प्रदेशसभा सदस्य करवीर शाहीले तत्काल मन्त्री थापालाई बर्खास्त गर्न माग गरे । 

    साथै उनले १० वटै जिल्लामा एउटै कम्पनीले अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने गरी मिलेमत्तोमा टेण्डर आव्हान गरिएको भन्दै छानबिनको माग गरे । उनले आफ्नो धारणा राखेपछि एमालेका प्रदेशसभा सदस्यहरु उठेर बैठक अवरुद्व पारेका थिए । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो दुई बजे बस्नेछ । 

    जेठ २४, २०७८ सोमवार २०:०५:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend