Logo

बुधवार, आषाढ ९ गते २०७८

नवनियुक्त श्रममन्त्रीले भने- कोरिया जान रोकिएकाहरूकाे एक हप्तामा निर्णय हुन्छ

नवनियुक्त श्रममन्त्रीले भने- कोरिया जान रोकिएकाहरूकाे एक हप्तामा निर्णय हुन्छ

नेपालपाना जेठ २५ २०७८
  • 2.3K
    SHARES
  • नवनियुक्त श्रममन्त्रीले भने- कोरिया जान रोकिएकाहरूकाे एक हप्तामा निर्णय हुन्छ

    काठमाडौं। १५ महिनादेखि अनिश्चित बनेको दक्षिण कोरियाको रोजगारीबारे एक हप्ताभित्र निर्णय लिने नवनियुक्त श्रममन्त्रीले जनाएका छन् ।

    मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवले कोरिया जान नपाएका युवाको ज्ञापनपत्र बुझ्दै एक हप्ताभित्र कोरिया रोजगारी के हुन्छ भन्ने निर्णय दिने बताएका हुन्।


    युवाहरुको गुनासो सुनेपछि रोजगार समन्वय महाशाखाका सहसचिव हरिप्रसाद मैनालीलाई श्रममन्त्रीले भने, ‘यसमा के–के गर्नुपर्छ गर्नु। यहाँ उहाँ भन्ने कुरा छैन, तत्काल समाधान खोज्नु।’जवाफमा सहसचिव मैनालीले भने, ‘यसअघि पनि धेरै पहल भएको हो। तर ठोस निर्णय नआइसकेपछि केही देखिएन। हजुर नयाँ हुनुहुन्छ, एकपटक हामी आन्तरिक रुपमा बसिसकेपछि हजुरले पनि कुरा बुझ्नुहुन्छ। अनि परराष्ट्रमार्फत पहल गरेर हुन्छ कि, अनि गर्नुपर्छ।’


    त्यसपछि मन्त्री श्रीवास्तवले भने, ‘ठीक छ, के–के गर्नुपर्छ त्यो तपाईंहरु गर्नुहोला। यी भाइहरुलाई एक हप्तापछि बोलाउने।’‘ठ्याक्कै समय तोक्नुभन्दा पनि पहिले हामी काम गरौँ अनि खबर गरौँला नि मन्त्रीज्यू’, सहसचिव मैनालीले जवाफ दिए। 

    जेठ २५, २०७८ मंगलवार २१:०६:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana