Logo

बुधवार, आषाढ ९ गते २०७८

मन्त्री चौधरीद्वारा महिला बालबालिका विभागका कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन !

मन्त्री चौधरीद्वारा महिला बालबालिका विभागका कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन !

नेपालपाना जेठ २६ २०७८
  • 1.4K
    SHARES
  • मन्त्री चौधरीद्वारा महिला बालबालिका विभागका कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन !

    काठमाडाैं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई मन्त्रालय अन्तर्गत रहेको महिला बालबालिका बिभागले बिस्तृत ब्रीफिङ गरेका छन ।

    बुधबार पुल्चोक स्थित रहेको बिभागको कार्यालयमा बिभागका निर्देशक दुर्गा देबि देबकोटा पौडेल ज्युले एक कार्यक्रमको बीच बिभागको गत्तिबिधी बारेमा जानकारी गराएका हुन् । 

    निर्देशक पौडेलले यस बिभागको औचित्य,चुनौती, अबसर र बिगत देखि गर्दै आएका गतिविधिका बारेमा बिधिबत रुपमा जानकारी गराएका थिए । 

    त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा जानकारी गराए । 
    परिषदको अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने ब्यबस्था छ । त्यस अनुसार मा। मन्त्री चौधरी ज्युले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गरे। 

    सो अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीज्युले विभागबाट प्रदान गरिदै आएको सेवामा कुनै पनि ढिला सुस्ती नगरी कार्य संपादन गर्न निर्देशन दिए। 

    उनले बिभाग अन्तर्गत बेरुजुको बिकराल समस्या देखिएको हुँदा यसलाइ जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने बिश्वास ब्यक्त गरे । 

    आफू महिला, बालबालिकाको समस्या समाधान गर्ने केन्द्रबाट प्रयाप्त नहुने भन्दै प्रदेस, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनु पर्नेमा उनले जोड दिए । 

    घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिती अझै पनि पुर्न रुपमा बनी नसकेको दुख दायी अबस्थाको अनुभव आफुले गरेको भन्दै त्यसका लागि बिभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाको लागि परिणाम आउने गरि काम गर्नु पर्नेमा मन्त्री चौधरीले जोड दिए । 

    उक्त अवसरमा  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्री मा। रेनुका गुरुङज्युको समेत उपस्थिति रहेको थियो । त्यस्तै मन्त्रालयका सचिव यम कुमारी खतिवडा ज्युको समेत सहभागिता रहेको थियो । कार्यक्रम बिभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीको अध्यक्षता भएको थियो ।

    जेठ २६, २०७८ बुधवार १८:५७:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चन्दा चौधरी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana