Logo

बुधवार, आषाढ ९ गते २०७८

त्रिभुवन विमानस्थलको निरीक्षणमा नवनियुक्त पर्यटनमन्त्री अरगरिया, सरसफाइमा विशेष ध्यान दिन निर्देशन

त्रिभुवन विमानस्थलको निरीक्षणमा नवनियुक्त पर्यटनमन्त्री अरगरिया, सरसफाइमा विशेष ध्यान दिन निर्देशन

नेपालपाना जेठ २६ २०७८
  • 2.3K
    SHARES
  • त्रिभुवन विमानस्थलको निरीक्षणमा नवनियुक्त पर्यटनमन्त्री अरगरिया, सरसफाइमा विशेष ध्यान दिन निर्देशन

    काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । 

    बुधवार दिउँसो विमानस्थल पुगेका मन्त्री अरगरियाले विभिन्न कक्षको अवलोकन गरेर जानकारी लिएका हुन् । अवलोकनका क्रममा उनले विमानस्थलमा भएका कमजोरी र सुधार गर्नुपर्ने विषयहरु ल्याउन कर्मचारीलाई निर्देश दिए । 

    मन्त्री अरगरियासँग सचिव डा यादव कोइराला, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्ण लगायत पदाधिकारीको उपस्थिति थियो । 

    अवलोकनका क्रममा मन्त्री अरगरियाले आगमन कक्षमा नवनिर्मित एक कक्षको उद्घाटन पनि गरेका थिए । सरसफाईमा विशेष ध्यान दिन र एयरपोर्टमा रहेका स-साना कमजोरीहरुलाई नियालेर अघि बढ्न पनि मन्त्री अरगरियाको निर्देशन थियो ।

    'हामी सेवाका लागि यो ठाउँमा आएका हौं। पर्यटक र नागरिकलाई दिने सेवा चुस्त बनाउनुपर्छ। सेवा दिँदा कोरोना महामारीलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पालना गर्ने कुरामा सदैव सचेत रहनुहोला,' मन्त्री अरगरियाले भने।

    जेठ २६, २०७८ बुधवार १९:१२:४७ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana