Logo

बुधवार, आषाढ ९ गते २०७८

नागरिकको सेवामा कटिबद्ध हुनेछु : निर्वमान मन्त्री आले

नागरिकको सेवामा कटिबद्ध हुनेछु : निर्वमान मन्त्री आले

नेपालपाना जेठ २६ २०७८
  • 1.1K
    SHARES
  • नागरिकको सेवामा कटिबद्ध हुनेछु : निर्वमान मन्त्री आले

    काठमाडौं। निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने बताएका छन् । 

    मन्त्रालयलले आज सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उनले आफू मन्त्री नरहँदा पनि नागरिक र देशको सेवामा सधैँ लागिरहने बताएका हुन् ।

    आफ्नो पाँच महिने कार्यकालमा मन्त्रालयमा रहेर विभिन्न विकासका काम भएको स्मरण गर्दै उनले नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल गर्न समेत कर्मचारीलाई आग्रह गरे ।

    पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारसँगै कर्मचारी पनि लाग्नु पर्नेमा उनले जोड दिए । 

    सो अवसरमा आलेले आफूलाई विश्वास गरेर जनताको सेवा गर्ने मौका दिएकामा नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कडेँललगायतका कर्मचारीले निवर्तमान मन्त्री आलेसँग काम गर्दा निकै सौहार्दपूर्ण भएको बताए ।

    जेठ २६, २०७८ बुधवार २०:३८:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रेम आले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana