Logo

बुधवार, आषाढ ९ गते २०७८

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, खजराजदेखि बादल पत्नी नैनकलासम्म को को बन्दैछन् मन्त्री?

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, खजराजदेखि बादल पत्नी नैनकलासम्म को को बन्दैछन् मन्त्री?

नेपालपाना जेठ २७ २०७८
  • 3.5K
    SHARES
  • मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, खजराजदेखि बादल पत्नी नैनकलासम्म को को बन्दैछन् मन्त्री?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा गरेका छन्। यसका लागि ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दैछन् ।

    प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गर्दैछन् । गृहमा महेश बस्नेतको चर्चा भए पनि उनी पार्टीको काम लाग्नुपर्ने निष्कर्षसहित ओलीले अधिकारीलाई नियुक्त गरेका हुन् । त्यसैगरी  सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा नियुक्त हुँदैछिन्। नैनकला पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् । 

    त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ ।

    त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन् । नवनियुक्त मन्त्रीको सपथ अपराह्न ४ बजे शीट्टल निवासमा हुनेछ । 

    रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन् ।

    जेठ २७, २०७८ बिहिवार १२:३५:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana