Logo

बुधवार, आषाढ ९ गते २०७८

माधव नेपाललाई अर्को धक्का, सर्वोच्चमा दिएको रिटमा हस्ताक्षर गरेका यी सांसदले छाडे साथ

माधव नेपाललाई अर्को धक्का, सर्वोच्चमा दिएको रिटमा हस्ताक्षर गरेका यी सांसदले छाडे साथ

नेपालपाना जेठ २७ २०७८
  • 32.1K
    SHARES
  • माधव नेपाललाई अर्को धक्का, सर्वोच्चमा दिएको रिटमा हस्ताक्षर गरेका यी सांसदले छाडे साथ

    काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहका एक सांसद संस्थापन पक्षतिर लागेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमा हस्ताक्षर गरेका सांसद गणेश पहाडीले नेपाल समूह परित्याग गरेका हुन् । अब विपक्षी गठबन्धनको सांसद संख्या पनि घटेको छ । 

    सिन्धुलीबाट निर्वाचित पहाडी एमाले एकता जोगाउन सक्रिय थिए ।

    ओलीले गरे पुरस्कृत 

    माधव समूह छोडेका सांसद पहाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासन मन्त्री बनाएर पुरस्कृत गर्ने भएका छन् । नवौं महाधिवेशनमा नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका पहाडी वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा अनुपस्थित भएका थिए ।

    पछिल्लो समय राष्ट्रपति कार्यालयमा देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको पत्रमा उनको पनि हस्ताक्षर थियो ।

    जेठ २७, २०७८ बिहिवार १२:४९:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana