Logo

बुधवार, आषाढ ९ गते २०७८

ओली निर्देशनविरुद्ध गएका यी १७ सांसदकाे पत्तासाफ, पार्टी निकाला हुने संकेत !

ओली निर्देशनविरुद्ध गएका यी १७ सांसदकाे पत्तासाफ, पार्टी निकाला हुने संकेत !

नेपालपाना जेठ २७ २०७८
  • 1.8K
    SHARES
  • ओली निर्देशनविरुद्ध गएका यी १७ सांसदकाे पत्तासाफ, पार्टी निकाला हुने संकेत !

    काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका माधव कुमारन नेपाल समुहका १७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एवं  पार्टीको निर्देशन विपरित मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गर्ने नेपाल समूहका १७ सांसदलाई स्पष्टिकरण सोधिएको हो ।

    सुदूरपश्चिम प्रदेशलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीहरुलाई सरकार बाहिरिन तथा मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न पार्टीले दिएको निर्देशन किन अवेज्ञा गरेको भन्दै उनीहरुलाई स्पिष्टकरण सोधिएको हो ।

    समयसीमा भित्र चित्तबुझ्दो जवाफ नआए उनीहरुलाई कारबाही हुने चेतावनी दिइएको छ । १० जेठमा एमालेको संस्थापन पक्षले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। र मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिन सांसदलाई निर्देशन जारी गरेको थियो।

    जेठ २७, २०७८ बिहिवार १६:४२:२८ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana