Logo

बुधवार, आषाढ ९ गते २०७८

प्रधानमन्त्री ओलीको उच्च प्राथमिकतामा मधेस, फेरि थपे मन्त्री, इतिहासमै मधेसबाट बने धेरै मन्त्री

प्रधानमन्त्री ओलीको उच्च प्राथमिकतामा मधेस, फेरि थपे मन्त्री, इतिहासमै मधेसबाट बने धेरै मन्त्री

नेपालपाना जेठ २७ २०७८
  • 2.9K
    SHARES
  • प्रधानमन्त्री ओलीको उच्च प्राथमिकतामा मधेस, फेरि थपे मन्त्री, इतिहासमै मधेसबाट बने धेरै मन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसबाट १४ जनालाई मन्त्री बनाएका छन् । इतिहासमै यो पहिलोपटक नेपालको मन्त्रिपरिषदको आधा भन्दा बढी संख्या मधेसबाट छ । त्यो पनि मधेसविरोधी आरोप लागेका प्रधानमन्त्री ओलीको पालामा । 

    राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट ११ जना मधेसबाट मन्त्री छन् भने एमालेबाटै ३ जना मधेसबाट मन्त्री बनेका छन् । 

    जेठ २१ र जेठ २७ गते गरिएको मन्त्रिपरिषद पुनर्गठनमा मधेसबाट १४ जना अटाएका हुन् । मधेसको प्रतिनिधित्व जसपाको महन्थ ठाकुर पक्षले गरेको छ । मधेसमा मुद्दा समाधानको प्रक्रिया अगाडि गएर जसपा सरकारमा गएको हो । 

    मधेसबाट राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव वरियतामा शीर्ष स्थानमा छन् । त्यसैगरी एमालेका रघुवीर महासेठ, जसपाका लक्ष्मणलाल कर्ण, एमालेकै ज्वालाकुमारी साह, जसपाका विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, रेणुका गुरुङ, आशाकुमारी विक रहेका छन् । एमालेबाटै थारु समुदायका नारदमुनि राना पनि मन्त्री बनेका छन् ।

    जेठ २७, २०७८ बिहिवार १६:५७:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana