Logo

बुधवार, आषाढ ९ गते २०७८

वाग्मती प्रदेशसभाको दोस्रो बैठकः धन्यवाद प्रस्ताव

वाग्मती प्रदेशसभाको दोस्रो बैठकः धन्यवाद प्रस्ताव

नेपालपाना जेठ २७ २०७८
  • 958
    SHARES
  • वाग्मती प्रदेशसभाको दोस्रो बैठकः धन्यवाद प्रस्ताव

    काठमाडाौं। वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले केही समयअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रति टेबल गरे ।

     बैठकमा प्रदेशसभा सदस्य दीपक निरौलाले  नीति तथा कार्यक्रम सम्बन्धमा धन्यवाद प्रस्ताव प्रस्तुत गरेकामा सदस्य शान्ति थिङले समर्थन गरेकी थिइन् । 

    प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक नीति कार्यक्रममाथि छलफल गर्न यही जेठ २८ गते बिहान ११ बजे बस्ने गरी आज स्थगन गरे।

    जेठ २७, २०७८ बिहिवार १९:३०:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बागमती

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana